News Portal

विद्यालयको भवन निर्माणमा ठेकेदारको लापरबाही, जनप्रतिनिधिले लिए चासो !

हिमाली संचार संवाददाता
८४२ पटक

रबिन्द्र बराल/मोरङ
साउन १३ सोमबार : माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक विद्यालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक विद्यालयमा नयाँ भवनका लागि शिक्षा कार्यलयबाट ६० लाख रुपैयाँ बराबर र विद्यालयकाेषबाट २१ लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुने समझैता समेत भएको थियोे ।

साे विद्यालयमा कुल ८१ लाख ९९ हजार ६२ रुपैयाँको लागतमा १२ काेठे दुई तल्ले पक्कि भवन निर्माण गर्ने सम्झौता भएता पनि तिन बर्ष बितिसक्दा समेत निर्माण सम्पन हुन सकेको छैन। नयाँ भवनका काेठा तथा भुईकाे विभिन्न ठाउँमा फुटेकाे र छतबाट समेत पानी चुहिने समस्या भएको हुनाले विद्यार्थीहरुलाई पठनपाठनमा समेत समस्या हुनेे थालेकाेे छ ।

अाईतबार रंगेली नगरपालिका कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, मेयर दिलिप वगडिया, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, तथा वडाध्यक्षहरुले उक्त भवनकाे निरिक्षण गरेका थिए। भवनकाे निरिक्षण गर्दा ठेक्केदारकाे लापरबाहीले गर्दा साे भवनमा कमसल काम गरेकाे पाईएकाे र हालसम्म काेठाकाे झ्याल समेत नलगाई छाडेको पाईएकाे छ।

विद्यालयका प्राचार्य बिरेन्द्र साहका अनुसार रंगेलीमा रहेको सहकारी संस्था साझाका कर्मचारीका शिवनारायण राजबंशीले साे भवन बनाउने ठेक्का लिएकाे र काम अधुरो र भवनै चुहिने र विभिन्न ठाउँमा फुटेको र भत्किएको समेत साहले बताए।

यता ठक्केदार शिवनारायणसंग उक्त बिषयमा जानकारी लिदा साे कुराकाेकाे बिषयमा अहिले केही नबाेल्ने भन्दै पन्छिन खाेजे । निरिक्षणमा पुगेका मेयरले लापरबाही गरेर भवन बनाउने जाे काेहिलाई समेत उन्मुक्ति नहुने र कार्वाहीकाे दायराभित्र ल्याउने कार्यकारीलाई निर्देशन समेत दिएका छन ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...