News Portal

ईलाका प्रहरी कार्यालय सल्लीले ४० लिटर घरेलु मदिरा नस्ट गर्‍यो

हिमाली संचार संवाददाता
५३५ पटक

इन्द्र बुढाथोकी
सल्यान, १२ साउन : सल्यानकोे पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न स्थानीय वजारमा रहेको अवैध घरेलु मदिरा प्रहरीले आइतबार नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सल्लीवजारका प्रहरी सहायक निरीक्षक (असही) लोक प्रसाद देवकोटाको नेतृत्वमा गएको गस्ती टोलिले बनगाड कुपिण्डेको वडा न ५ को नाथेखोला त्रिवेणीवजार, वडा न ६ को सुनौली वजार, वडा न १ को सल्लीवजार लगायत विभिन्न स्थानहरुबाट ४० लिटर मदिरा वरामद गरि नष्ट गरिएको छ ।

घरेलु मदिरा तयार पार्ने राखिएका ४ थान भाडाकुडाँ र मदिराको लागि आवश्यक २०० लिटर कच्च पदार्थ समेत नष्ट गरेको छ। पटकपटक स्थानीय वजार र घरबाट प्रहरीले थुप्रै मात्रामा घरेलु मदिरा सँगै मदिरा तयार पार्ने भाँडाकुडा बरामद गरेको वताएको छ।

नागरिकको चाहना अपराध मुक्त समाजको परिकल्पना भन्ने भनाइलाई सार्थक दिन र हालका दिनहरूमा महिला हिसाका घटनाहरुमा मादक प्रदार्थ पनि प्रमुख कारण रहेको उल्लेख गर्दै अभियान चालिएको इन्चार्ज सुशील रावल बताउनु भएको छ अवैध घरेलु मदिराका कारण समाज र घरमा झैझगा वढ्न थाले पछि यो अभियान लागु गरिएको हो ।

मदिराकै कारण अधिकांस झैझगाडा हुने गरेको र तेहि प्रकृतिका उजुरी वढि आउने गरेको इलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ । स्थानीय वजार लगाएत यो अभियान गाउँगाउँ सम्म पुर्याउने इप्रका ईन्चार्ज शुसिल रावलले जानकारी दिनु भएको छ ।

अवैध मदिारा नष्ट गर्ने अभियानमा यतिवेला इलाका प्रहरी कार्यालय सल्लीवजार अग्रसर देखिएको छ । जनप्रतिनीधी, पत्रकार, स्थानीय लगाएतको मुचुल्का र रोवहरमा सवै मदिारा नष्ट गरिएको छ। स्थानीयले भने घरेलु मदिरा नस्ट गर्नु पहिला जाड रक्सी राख्ने सम्बन्धि गाउँगाउँमा गएर जनचेतना दिनुपर्ने बताएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...