News Portal

रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने पक्राउ

हिमाली संचार संवाददाता
४८९ पटक

बुटवल– रुपन्देही प्रहरीले विभिन्न समयमा मोटरसाइकल चोरी गर्ने समूह र चोरीका मोटरसाइकल पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला विभिन्न ठाउमा श्रृंखलाबद्ध रुपमा  मोटरसाईकल हराएपछि प्रहरीले बिशेष अभियान सञ्चालन गरी उक्त गिरोहलाई प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चोरी घटनामा संलग्न ७ जनालालई आइतवार सार्वजनिक गरेको प्रहरी प्रबक्ता धर्मराज भण्डारीले बताए । प्रहरीका अुनसार रुपन्देही सि.न.पा. ५ नापी कार्यालयबाट लु. १९ प. ८१७० नम्बरको होण्डा साईन मोटरसाईकल चोरी भएको जानकारी प्रहरीमा गराएपछि अनुसन्धान गर्दै जाँदा चोरीका थप मोटरसाइकल र व्यक्तिहरु पक्राउ परेका हुन ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त मोटरसाईकल चोरी गर्ने रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ बस्ने अब्दुल हमिद मुसलमान र शुद्धोदन गा.पा. ६ बस्ने कालु मल्लाहलाई पक्राउ गरी बयानको क्रममा चोरी कार्यमा संलग्न थप ५ जनालाई पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । पक्राउ परेकाहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा बिभिन्न मोटरसाईकल चोरी गरी मिलि भगतमा बेचबिखन गर्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही कञ्चन गा.पा.५ बस्नेहरु गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, ओमप्रकाश रौतार र कपिलवस्तु बाणगंगा न.पा. १० बस्ने दिपक चौधरी रहेका छन् । अनुसन्धानको क्रममा उनीहरुले चोरी गरि विक्री गरेका लु १५ प २१७१ को होण्डा साईन, लु १९प ८१७० को होण्डा साईन, लु २१ प ६४३४ सुपर स्पलेण्डर, लु ३५ प २१५५ सुपर स्पलेण्डर,  लु २२ प ६९४८ सुपर स्पलेण्डर र लु२२प ४३५५ प्रो.स्पलेण्डर मोटरसाइकल प्रहरी बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...