News Portal

  • तरुणदलले बुझायो रंगेली अस्पतालमा ज्ञापनपत्र

    हिमाली संचार संवाददाता
    ६६१ पटक

    रबिन्द्र बराल
    मोरङ, ११ साउन : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्य समितिद्वारा रंगेली अस्पताल विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ। केही महिना अगाडि रंगेली अस्पताल जिल्ला स्तरीयबाट संघिय एंवम प्रदेश सरकारले सुनियोजित तरिकाले यसकाे स्तर घटाएकाे भन्दै ध्यानाकर्षण भएको ज्ञापनपत्रमा भनेका छन।

    रंगेली नगरपालिकाले अस्पतालमा कर्मचारी भर्ना गरिने थलाे समेत बनाएकाे अाराेप लगाएका छन। शुक्रबार अस्पतालकाे सभाहलमा तरुण दल र नेपाल विद्यार्थी संघका प्रतिनिधि नगरपालिकाका कार्यकारी टाेम प्रसाद सुवेदी, अस्पतालका निमित्त प्रमुख, प्रसाशन अधिकृत लगायतकाे उपस्थितिमा विद्यार्थीहरुले संयुक्तरूपमा १५ बुदे ज्ञापनपत्र बुझाएका छन।

    नगरपालिकाले कुनै पनि वहानामा बिज्ञापन बिना नियुक्त गरिएका कर्मचारी एवम् स्वयमसेवकलाई अविलम्ब बर्खात गरियोस्, निशुल्क पाईने ७० प्रकारकाे अाैषधि तुरुन्तै व्यवस्थापन गरियोस्, अस्पताललाई एक सय बेडकाे स्वकृति गरियोस्, एक बर्ष अागडि निर्माण हुदै गरिएको सटरकाे हिसाब सार्वजनिक गरियोस् र ३ सय वाेरा सिमेन्ट बेकामे भएको हुनाले त्यसकाे जवाफदेहि हालसम्म कुनै पक्ष नदेखिएको, अस्पतालमा दलित तथा जेष्ठ नागरिक हरुकाे सम्पुर्ण सेवामा निशुल्क दिनु पर्नेे र लामाे समय देखि अाई.सि.यु. तथा एन अाई. सि. यु.काे व्यवस्थापन चाडै हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    उक्त ज्ञापनपत्र कार्यकारी अधिकृत तथा अस्पताल प्रशासनलाई संयुक्तरूपमा हस्तान्तरण गरिएको थियोे। नेविसंघका कमलेश मंन्डलले ज्ञापनपत्र पढेर सुनाएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...