News Portal

दुबै मृगौला पीडित बिकलाई मलेसियाबाट आर्थिक सहयोग

हिमाली संचार संवाददाता
९२० पटक

इन्द्र बुढाथोकी
सल्यान ६ साउन : सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ बामे पोखरा निवासी ४० वर्षिया मृगौला पीडित बिरबल बिकलाइ मलेसियाबाट २७ हजार १ सय रुपैया सहयोग गरेका छन । बामे ३ कुमार पुन, रमेश पुन, खलबिर पुन र पुर्ण पुन लगायत मलेसियास्थित सुपर फुड JDE कम्पनीमा काम गर्ने नेपालीहरूबाट आफुले कमाएको केही पैसा उठाएर पठाएको कुमार पुनले बताए।

गाउँघरको समाजसेवी भएको र बिगत जनयुद्ध कालमा समेत दुख गरेको आर्थिक अवस्था कमजोर भएकोले आफुहरुले थोरै भए पनि सहयोग गरेको पुनले बताए।

६ महिना देखि दुबै मृगौला पीडित भएका बिक अहिले काठमाडौको टिचिङ्ग हस्पिटलमा उपचार गराइरहेका छन । दुबै मृगौला पीडित बिकले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगको लागि सबैमा याचना गरेका छन । मृगौला पीडित बिक तत्कालीन नेकपा माओवादी वडा न ३ बामे वडाध्यक्ष समेत रहेका थिए। उनी २०५८ साल देखि पुर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर समेत रहेका थिए।

पीडित बिकलाइ केही समयमा अगाडि बनगाड कुपिण्डे नगरपालिका र अन्य व्यक्तिहरुले पनि सहयोग गरेका थिए। उनी तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्वमा जनमुक्ति सेनाका रुपमा कार्यरत भएका थिए। सेनामा हुँदा मुख र पिठ्युमा गोलि समेत लागेको उनले बताए।

बिकका श्रीमति पार्वती बि.क बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ की दलित महिला वडा सदस्य छन। दुई छोरा र दुई छोरी छन् । हाल मजदुरी गरी घरखर्च चलाउँदै आएका उनका दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

सरकारले मृगौला पीडितको डायलोसिस गर्दा शुल्क नलाग्ने भनेपनि आफुले समयमै डायलोसि गर्न नपाएको दुख व्यक्त गरे। बोल्न, हिड्न र खाना मन नलाग्ने गरेको बताउँदै समयमै उपचार गर्नका लागि सहयोग गरी दिन विभिन्न संघसंस्थाहरुलाई अनुरोध गरेका छन् ।

बिकले देश विदेशमा रहनुभएका सबैमा सहयोग गरि आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन् । उनले आफ्नी श्रीमती पार्वती कामीको लक्ष्मी बैक सल्लीबजारको खाता न ०६९२३००९८३० र आफ्नो मोवाईल नंम्बर ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...