News Portal

दाङमा हिलोको दलदलमा फसेर दुई दिदीबहिनीसहित ३ को मृत्यु

हिमाली संचार संवाददाता
७४४ पटक

नारायण खड्का
दाङ, ६ साउन : हिलोको दलदलमा फसेर तीन किशोरीको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरको पैतीखोलास्थित खेतमा हिलोको दलदलमा फसेर स्थानीय दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीया वसन्ती विक, १९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

एसपी पाण्डेका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन्। उनीहरू खेतमा धान रोपेर घरतर्फ फर्कंदै गर्दा खेतको खाल्डोमा जमेको पानीमा हात खुट्टा धुने क्रममा खाल्डोमा डुब्न पुगेको एसपी पाण्डेले बताए।

हात खुट्टाको हिलो धुने क्रममा पहिला एक जना खाल्डोमा खसेपछि उनलाई तान्न प्रयास गर्दा एकपछि अर्को गर्दै तीनै जना हिलोको दलदलयुक्त खाल्डोमा खसेर मृत्यु भएको एसपी पाण्डेले बताए।

‘यो आइतबार बेलुका सात बजेतिरको कुरा हो। खेतमा खाल्डो ठूलो पनि थिएन। हिलोयुक्त खाल्डोको दलदलमा पर्दा उनीहरू आत्तिएर तानातान गर्ने क्रममा डुबेर मृत्यु भएको भन्ने छ,’ एसपी पाण्डेले भने।

तीनै जना किशोरीहरुलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको एसपी पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...