News Portal

  • नेपाल एयरलाइन्सको उडान स्थगित हुँदा हजयात्री अलपत्र

    हिमाली संचार संवाददाता
    ४३१ पटक

    बाँके : नेपाल एयरलाइन्सको नेपालगञ्ज–काठमाडौँ  उडान स्थगित हुँदा हजयात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।

    नेपाल एयरलाइन्सको आज ११ः५० को नियमित उडानबाट काठमाडौँ जानका लागि करीब २० दिनअघि टिकट लिएका हजयात्री नेपाल एयरलाइन्स विमानको उडान स्थगित हुँदा अलपत्र परेकोे हजयात्री मोहम्मद उमरले बताए ।

    उनका अनुसार, घरबाट साइत गरी बिदावारी भएर काठमाडौं उडानका लागि नेपालगञ्ज विमानस्थल पुगेका हजयात्री बोर्डिङपास लिने बेलामा नेपाल एयरलाइन्सको विमानमा प्रविधिक समस्याका कारण उडान रद्द भएको जानकारी गराइएपछि हजयात्री अलपत्र परेका हुन् ।

    उनले नेपाल एयरलाइन्सको विमान स्थगित हुँदा निजी विमानले सहुलियत दरको टिकट वितरण नगर्दा हजयात्री तीन गुणा बढी मूल्य तिर्न बाध्य भएको जानकारी गराए । हजयात्रीलाई आइतबार बिहान १० बजे केन्द्रीय हज समितिमा सम्पर्क राख्नका लागि बोलाइएको कारण बाँकेका हजयात्रीले आज काठमाडौँ जानको लागि गत असार १६ गते नेपाल एयरलाइन्सको सिटी अफिस नेपालगञ्जबाट काठमाडौँका लागि टिकट लिएका थिए ।

    नेपाल एयरलाइन्स नेपालगञ्ज विमानस्थलका स्टेशन प्रमुख शङ्कर केसीले विमान विराटनगर उडान गरेको बेलामा प्रविधिक समस्या आएको कारण उडान रद्द गर्नुपरेको जानकारी दिए । उनले नेपाल एयरलाइन्सको विमान नआएपछि अन्य निजी विमानबाट जानका लागि हजयात्रीलाई सहजीकरण गरेको बताए ।

    हजयात्रामा मक्कामदिना जान बाँकेबाट १६४ जनाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत केन्द्रीय हज समितिमा आवेदन गरेकामा यस वर्ष मुस्लिम समुदायका १२३ जना छनोटमा परेका छन् ।

    कोटा अभावका कारण यस वर्ष १२३ जनाले मात्र हज गर्न मक्कामदिना जान पाउने भएको केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयले बताए । उनका अनुसार, बाँकेका हजयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेवियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...

    प्रचण्ड भन्छन्: निश्चित प्रक्रिया अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने तयारीमा छु

    काठमाडौं, असोज ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरणका विषयमा आफू...