News Portal

नेकपामा गौतमलाई संगठन विभागको जिम्मेवारी

हिमाली संचार संवाददाता
७४२ पटक

काठमाडौं, ४ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अन्ततः पार्टीको शक्तिशाली विभाग वामदेव गौतमलाई दिइने भएको छ । निरन्तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्कमा रहेका वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिन ओली सहमत भएका छन् ।

गत पौषमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि विग्रेको ओली गौतमको सम्बन्धमा सुधार हुदै गएपछि ओलीले गौतमलाई संगठन विभागको जिम्मेवारी दिन तयार भएको नेकपा निकट स्रोतले जनाएको छ ।

निरन्तर सम्पर्कमा रहेका गौतमलाई गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा गौतमको जन्मदिन समेत मनाएका थिए । २८ गते वालुवाटार पुगेका गौतमलाई ओलीले मिठाई खुवाएर जन्मदिन मनाइदिएका थिए ।

पार्टी एकताको प्रकृया अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य समेत रहेका गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर सम्वाद गरिरहेका छन् । केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँडलाई अघि बढाउँदा पनि नेता गौतमसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको केही सचिवालय सदस्यको बैठकले गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको छ । यो प्रस्ताव आइतबार बस्ने सचिवालय बैठकमा राखिने स्रोतले जनाएको छ ।

स्कुल विभागमा अर्का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पठाउने निर्णय भएको हो भने पार्टीको तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाललाई विदेश विभागको जिम्मेवारी दिइने स्रोतले दावी गरेको छ ।

त्यस्तै नीति तथा प्रतिष्ठान विभाग भने झलनाथ खनाललाई दिइने पनि स्रोतले दावी गरेको छ। एकिकरणपछि तय भएको नेकपाको ३२ केन्द्रीय विभाग मध्ये १८ वटा पूर्वएमालेको भागमा छ भने बाँकी १४ पूर्वमाओवादी केन्द्रको नाममा भागवण्डा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...