News Portal

आज २०७६ साल साउन ४ गते शनिबार, सन २०१९ जुलाई २० तारीख

हिमाली संचार संवाददाता
४६० पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। तर आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।

बृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। आँटेका काम सम्पादन हुनेछन् र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अध्यात्मभाव जागृत हुनाले समाज सेवा र परोपकारमा मन जानेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काममा बाधा पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कममात्र भेटिनेछन्।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग जुटाउनेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...