News Portal

नरहरिनाथका कर्मचारीबाट सेवा प्रवाहमा ढिलाई, स्थानीयलाई सास्ती !

हिमाली संचार संवाददाता
१०७१ पटक

कालिकोट, ३ साउन : कालिकाेट जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा पछिल्लाे समयमा कर्मचारीबाट जनताकाे दैनिक सेवा प्रवाहमा ढिलाइ भएकाे छ । भाैगाेलिक तथा जनसंख्याका हिसावले जिल्लाकै सबैभन्दा ठुलाे गाउँपालिका हाे । गाउँगाउँमा सिंहदरबारकाे अनुभूति हुनुपर्नेमा सिंह मात्र अाएकाे तर दरबार नअाएकाे साे गाउँपालिकामा करारमा कार्यरत कम्प्युटर अपरेटर खगेन्द्र बुढाले जानकारी दिएका छन् ।

अा.व.०७५/०७६ काे अन्तिम भुक्तानी लिन अाएका विभिन्न उपभोक्ता तथा सेवाग्राहीलाई कर्मचारीहरुले दिनुसम्म सास्ती दिएका छन् । हप्ताै दिनसम्म भुक्तानीकाे लागि गाउँपालिकामा बसिराखेका सेवाग्राहीलाई साे गाउँपालिकाका सहलेखापाल हिरासिंह बाेहाेराले कागजातहरु नमिलेकाे भन्दै काममा ढिलाइ गरेका छन् ।

चिनेजानेका र खासखुस मिल्न गएका सेवाग्राहीहरुकाे काम मात्र छिटाे हुने गरेकाे छ । प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षकाे कुनै कुरा नसुनी अाफ्नाे मनाेमानी ढंगले कार्यालयका कामकाजहरु गरेकाे बुढाले अाराेप लगाएका छन् । करारमा राखेका कर्मचारीलाई फरक व्यबहार समेत गर्ने गरेकाे बुढाले जानकारी दिए।

अार्थिक बर्ष ०७५/०७६ बितिसक्दा पनि ६ महिनाकाे तलव नपाएकाे बुढाले दुखेसाे व्यक्त गरेका छन् । भुक्तानीकाे समयमा असारमा अन्तिम भुक्तानीकाे बेला गाउँपालिकाका ईन्जिनियर र सव-ईन्जिनियर सुरक्षा भएन भन्दै भागेपछि गाउँपालिकाकाे सेवा प्रवाहमा झन समस्या बढेकाे हाे । कर्मचारीकाे अभावमा खरिदार स्तरका कर्मचारीहरु हाकिम हुन पाए पछि अाफुले चाहेकाे गरिछाड्ने प्रबृत्ति गाउँमा चल्दै अाएकाे छ । लेखा प्रमुखकाे दरबन्दीमा सह लेखापालले काम काज गर्दा समेत कामकाजमा भार पर्न गएकाे हाे ।

कार्यपालिकाले निर्णय गर्ने, कर्मचारीले त्यसकाे कार्यान्वयन गर्ने हाे। ठिक उल्टाे भएकाे छ, याे गाउँपालिकामा कर्मचारीले जनप्रतिनिधिले गरेकाे निर्णयलाई किच्ने काम भईरहेकाे छ । जनताले गाउँमा सिंहदरबारकाे अनुभूति गर्ने अाशा अाशा मै सिमित रहने प्रायः निश्चित छ ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...