News Portal

सरकारले साझा यातायातलाई विद्युतीय बस सेवा सञ्चालनका लागि ३ अर्ब दिने

हिमाली संचार संवाददाता
५५४ पटक

काठमाडौं : नेपाल सरकारले विद्युतीय बस सञ्चालनका लागि साझा यातायात प्रालिलाई ३ अर्ब दिने निर्णय गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

३ सय थान बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीको रुपमा उपलब्ध गराउने निर्णय गरिएको छ, उनले बताए।

सरकारले आफैं सञ्चालन गर्न नसक्ने भएकाले सुलभ, सस्तो र आधुनिक खालको सार्वजनिक यातायातको विकास गर्नका लागि साझा यातायातलाई शेयर लगानी गरिएको उनको भनाई छ। विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको निती रहेको पनि मन्त्री बास्कोटाले प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...