News Portal

सरकारले साझा यातायातलाई विद्युतीय बस सेवा सञ्चालनका लागि ३ अर्ब दिने

हिमाली संचार संवाददाता
५३१ पटक

काठमाडौं : नेपाल सरकारले विद्युतीय बस सञ्चालनका लागि साझा यातायात प्रालिलाई ३ अर्ब दिने निर्णय गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

३ सय थान बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीको रुपमा उपलब्ध गराउने निर्णय गरिएको छ, उनले बताए।

सरकारले आफैं सञ्चालन गर्न नसक्ने भएकाले सुलभ, सस्तो र आधुनिक खालको सार्वजनिक यातायातको विकास गर्नका लागि साझा यातायातलाई शेयर लगानी गरिएको उनको भनाई छ। विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको निती रहेको पनि मन्त्री बास्कोटाले प्रष्ट पारे ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...