News Portal

गेउरीया पुलकाे डाइभ्रेसन भत्कियो, आवतजावतमा स्थानीयलाई सास्ती !

हिमाली संचार संवाददाता
४७४ पटक

रबिन्द्र बराल
मोरङ, ३ साउन : माेरङकाे रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुलमा रहेकाे डाइभ्रेसन केही दिन अगाडि अाएकाे अबिरल बर्षाका कारण पानीले बगाएपछि आवतजावत ठप्प भएको छ ।

२०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ उक्त पुल बनाउने ठेक्का पाएपछि उक्त कम्पनीले उक्त पुलकाे ३ फिट मुनिबाट पिलरकाे काम गरेता पनि ५ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नगरि भागेपछि स्थानीयहरु निरास भएका छन ।

असार २६ गते अाएकाे अविरल बर्षाका कारण उक्त स्थानमा रहेको डाइभ्रेसन बगाएपछि अहिले साे स्थानबाट साता दिन देखि आवतजावत समेत बन्द रहेको स्थानीय दुर्गा रेग्मीले बताए। उनलेे भने सिंहदरबारकाे अधिकार गाउँमै पुग्ने भनेर भाषण गरेको पनि ४ बर्ष बितिसक्यो तर याे पुल ठेक्का लिएर छाडेको ठेक्केदारलाई कुनै कार्वाही गरेको पाईएन किन सरकारले अहिलेसम्म पनि किन कार्वाही गर्ने नसकेको हाेला। के जनताले जहिले पनि दुखैगरेर आवतजावत गर्नुपर्ने भन्दै दुखेसो गरे ।

जनप्रतिनिधिहरुले समेत बारम्बार पुलकाे काम ढिलाई भएको जानकारी सडक बिभागमा, प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गरि सकेता पनि अहिलेसम्म कसैले पनि चासाे नदेखिएको स्थानीयहरु बताउँछन्।

केही दिन अगाडि आएकाे बाढिले उक्त स्थानबाट एक माेटरसाईकलाई सहित स्थानीयलाई खाेलाले बगाएपछि ४ घन्टाको प्रयास पछि जिवितै उद्दार गरे पुनः एक पैदल यात्रीलाई साेही खाेलाले बगाएपछि चार दिन पछि केही पर मृत अवस्थामा एक पुरुषको समेत लास भेटिएको स्थानीय मनमाया पाँचकाेटिलेे बताईन । उनलेे भनिन् हामी कहिलेसम्म खाेलामा पाैडिखेलेर आवतजावत गर्नु अहिले रातदिन मरेको लासकाे झझल्को अाईरहन्छ राति हुन थालेपछि घरबाट बाहिर निस्कन डर लाग्ने गरेकाे उनले बताईन।

अहिले उक्त ठाउँबाट अावतजावत नभए पछि साना तथा ठुला सवारीसाधनहरु जाेखिम लिएर नहरको बाटो हुदै हिड्न बाध्य रहेका छन । अझ सार्वजनिक सबारीले भने ठुलो कष्ट भाेगनु परेको सवारी चालकहरु बताउँछन।

दैनिकी सयौं सवारीसाधनहरु आवतजावत गर्ने साे सडक अहिले रंगेली, दर्वेशा, फर्सडागिकाे सडकमा समेत साना तथा ठुला खाल्डाखुल्डी रहेकाे हुनाले अझै बढि समस्या रहेको छ। स्थानीयहरुले खाेला वारिपारि गर्ने समेत डराउने गरेको वडा सदस्य कलावति ऋिसिदेवले बताईन।

खाला तर्न कसैले लाठिकाे सहारा लिएर अाएता पनि उनिहरुले डरले गर्दा खाेला तर्ने नसक्ने गरेको स्थानीय बताउँछन् । उक्त सडकमा कालोपत्रे भएता पनि स्थानीयलाई भने कागलाई बेलपाक्याे हर्ष न विस्मात भएको स्थानीय यादव रेग्मीले बताए।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीकाे सडक कालोपत्रे गर्नेकाम सुरु गरी सकेेेता पनि गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नरहने स्थानीय हरु बताउँछन्।
रंगेली नगरपालिका–९,र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको छ ।

ठेकेदार कम्पनीले पहिलो पटक र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५.४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ। ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हो। पिच गरिएको दायाँबायाँ २ मिटर ग्राभेल लगाई सकेको छ। पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

अनुसार २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि काम भने सम्पन्न हुन सकेको छैन। २५.४ किलोमिटर लम्बाईको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लगेको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...