News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गेउरीया पुलकाे डाइभ्रेसन भत्कियो, आवतजावतमा स्थानीयलाई सास्ती !

    हिमाली संचार संवाददाता
    ३६५ पटक

    रबिन्द्र बराल
    मोरङ, ३ साउन : माेरङकाे रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुलमा रहेकाे डाइभ्रेसन केही दिन अगाडि अाएकाे अबिरल बर्षाका कारण पानीले बगाएपछि आवतजावत ठप्प भएको छ ।

    २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ उक्त पुल बनाउने ठेक्का पाएपछि उक्त कम्पनीले उक्त पुलकाे ३ फिट मुनिबाट पिलरकाे काम गरेता पनि ५ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नगरि भागेपछि स्थानीयहरु निरास भएका छन ।

    असार २६ गते अाएकाे अविरल बर्षाका कारण उक्त स्थानमा रहेको डाइभ्रेसन बगाएपछि अहिले साे स्थानबाट साता दिन देखि आवतजावत समेत बन्द रहेको स्थानीय दुर्गा रेग्मीले बताए। उनलेे भने सिंहदरबारकाे अधिकार गाउँमै पुग्ने भनेर भाषण गरेको पनि ४ बर्ष बितिसक्यो तर याे पुल ठेक्का लिएर छाडेको ठेक्केदारलाई कुनै कार्वाही गरेको पाईएन किन सरकारले अहिलेसम्म पनि किन कार्वाही गर्ने नसकेको हाेला। के जनताले जहिले पनि दुखैगरेर आवतजावत गर्नुपर्ने भन्दै दुखेसो गरे ।

    जनप्रतिनिधिहरुले समेत बारम्बार पुलकाे काम ढिलाई भएको जानकारी सडक बिभागमा, प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गरि सकेता पनि अहिलेसम्म कसैले पनि चासाे नदेखिएको स्थानीयहरु बताउँछन्।

    केही दिन अगाडि आएकाे बाढिले उक्त स्थानबाट एक माेटरसाईकलाई सहित स्थानीयलाई खाेलाले बगाएपछि ४ घन्टाको प्रयास पछि जिवितै उद्दार गरे पुनः एक पैदल यात्रीलाई साेही खाेलाले बगाएपछि चार दिन पछि केही पर मृत अवस्थामा एक पुरुषको समेत लास भेटिएको स्थानीय मनमाया पाँचकाेटिलेे बताईन । उनलेे भनिन् हामी कहिलेसम्म खाेलामा पाैडिखेलेर आवतजावत गर्नु अहिले रातदिन मरेको लासकाे झझल्को अाईरहन्छ राति हुन थालेपछि घरबाट बाहिर निस्कन डर लाग्ने गरेकाे उनले बताईन।

    अहिले उक्त ठाउँबाट अावतजावत नभए पछि साना तथा ठुला सवारीसाधनहरु जाेखिम लिएर नहरको बाटो हुदै हिड्न बाध्य रहेका छन । अझ सार्वजनिक सबारीले भने ठुलो कष्ट भाेगनु परेको सवारी चालकहरु बताउँछन।

    दैनिकी सयौं सवारीसाधनहरु आवतजावत गर्ने साे सडक अहिले रंगेली, दर्वेशा, फर्सडागिकाे सडकमा समेत साना तथा ठुला खाल्डाखुल्डी रहेकाे हुनाले अझै बढि समस्या रहेको छ। स्थानीयहरुले खाेला वारिपारि गर्ने समेत डराउने गरेको वडा सदस्य कलावति ऋिसिदेवले बताईन।

    खाला तर्न कसैले लाठिकाे सहारा लिएर अाएता पनि उनिहरुले डरले गर्दा खाेला तर्ने नसक्ने गरेको स्थानीय बताउँछन् । उक्त सडकमा कालोपत्रे भएता पनि स्थानीयलाई भने कागलाई बेलपाक्याे हर्ष न विस्मात भएको स्थानीय यादव रेग्मीले बताए।

    लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीकाे सडक कालोपत्रे गर्नेकाम सुरु गरी सकेेेता पनि गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नरहने स्थानीय हरु बताउँछन्।
    रंगेली नगरपालिका–९,र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको छ ।

    ठेकेदार कम्पनीले पहिलो पटक र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५.४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ। ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हो। पिच गरिएको दायाँबायाँ २ मिटर ग्राभेल लगाई सकेको छ। पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

    अनुसार २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि काम भने सम्पन्न हुन सकेको छैन। २५.४ किलोमिटर लम्बाईको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लगेको थियो।

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

    काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने...

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै...

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन...

    बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

    दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट...

    भारत–पाकिस्तानबीचको सम्भावित तनाव रोक्न नेपालले भूमिका खेलेको प्रधानमन्त्री ओलीको दाबी

    लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारत र पाकिस्तानबीच चर्किंदै गएको...