News Portal

गायक बद्री पंगेनीविरुद्ध उजुरी !

हिमाली संचार संवाददाता
१०११ पटक

काठमाडौं, २ साउन : चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । ज्यान मार्ने धम्की दिएको भन्दै सितापाईलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

तिनै जनाले सञ्चालन गरेको निरमाया दोहोरी साँझको सजावटका लागि निमाको फर्निचर उद्योगले ५५ लाख रुपैयाँ बराबरको काम गरेको थियो । १२र१३ लाख रुपैयाँ दिएर बाँकी पैसा माग्दा विजय सिंहले धम्की दिने गरेको भन्दै सुरक्षाको माग गर्दै निवेदन दिएको निमाले बताए ।

पैसा माग्दा विजयले ‘मलाई चिनेको छस् तलाई म देखाईदिन्छु, म धेरै पावरलावा मान्छे हुँ’ जस्ता धम्की दिनेगरेको निमाको भनाई छ । बद्रिले धम्की नदिएपनि दोहोरी साँझमा उनको पनि शेयर रहेकाले तिनै जना सञ्चालकविरुद्ध उजुरी दिएको बताए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...