News Portal

  • गायक सुमन कुमारको गीत ‘जिस्काउँथे म, उ दंग पर्थि’ सार्वजनिक [भिडियो सहित]

    हिमाली संचार संवाददाता
    ४४४ पटक

    काठमाडौं : युवा व्यवसायी एँव सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम “विहानी -४” को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ। विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रणी वैंक्युटको हलमा एक भव्य लोकार्पण कार्यक्रमकाबीच शनिवार विमोचन गरिएको हो ।

    बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द एंव बरिष्ठ संगीतकार दिपक जंगमको संगीत रहेको ‘जिस्काउथे म, उ दंग पर्थि’ बोलको गीतमा सुमन कुमार श्रेष्ठको एकल स्वर रहेको छ ।

    दिनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारी आदिको अभिनय रहेको छ ।

    नेपाली संगीत क्षेत्रका करिब ३०० जना हस्तिहरुको विच साँझ ६ वजे सुरु गरिएको कार्यक्रममा गायक श्रेष्ठकी आमा सावित्रिदेवी श्रेष्ठ, बरिष्ठ संगीतकार दिपक जंगम, बरिष्ठ गीतकार दिनेश अधिकार र गायक श्रेष्ठले एकैसाथ संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए।

    ब्याकअप ब्याण्डको बाद्यवादनमा एकल प्रस्तुति दिएका सुमनकुमारले “टोपी लाए पनि हुन्छ”, “यो मन”, “खाएको कसमको लाज राख्नु है”, “मुटु चोरी लाने माया” लगायतका ६ गीत प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा रहेका रामकृष्ण ढकाल देखी रामचन्द्र काफ्ले, कुन्ति मोक्तान देखी संगीतकार महेश खड्कासम्मले श्रेष्ठको स्वरको खुलेर प्रशंसा गरेका थिए ।

    कार्यक्रममा बरिष्ठ गीतकार राजेन्द्र थापाले श्रेष्ठको वायोग्राफि भिडियो सार्वजनिक गरेका थिए । विन्धवाशिनी म्युजिकको वजार व्यवस्थापन रहेको उक्त गीतको भिडियो युटुवमा समेत सोही समयमा सार्वजनिक गरिएको थियो ।

    नेपालकै सबैभन्दा ठुलो मल्टिब्राण्ड स्वरुम भनिएको विन्दु हार्डवेएर एण्ड सेनेटरीका प्रवन्ध निर्देशक रहेका श्रेष्ठ उक्त गीत लोकार्पण कार्यक्रममा भएको सहभागिता र उक्त गीतमा आएको प्रतिक्रियाले आफू अत्यन्त खुशी भएको बताउछन्। श्रेष्ठको यो सातौँ गीती एल्बम हो।

    गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २ गतेको राशिफल

    आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...