News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कुलेखानी पूर्ण क्षमतामा चलाइयो

    भारतबाट विद्युत आयात घट्यो !

    हिमाली संचार संवाददाता
    ४०६ पटक

    काठमाडौं, ३१ असार : इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ। कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    कुलेखानीको जलाशय अघिल्ला वर्षहरुमा असोजमा मात्र भरिने गरेको थियो । यस वर्ष असारमै भरिएपछि बाँध खोल्नु नपरोस् भनी आयोजनालाई पूर्ण क्षमतामा चलाइएको उनले जानकारी दिए ।

    प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युत्गृह नचलाई राख्ने गरेको थियो । कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो। विद्युतको आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ । अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्णक्षमतामा चलाई भारततर्फको विद्युत् आयात घटाइएको घिसिङले जानकारी दिए ।

    कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमिटर घट्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अहिले ढक्केबर-मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट करिब १५० मेगावाट मात्र विद्युत् आयात भइरहेको छ । अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको प्राधिकरणले बताएको छ । अहिले देशभर करीब ६ सय मेगावाट मात्रै माग रहेको छ ।

    सतर्क रहन आग्रह !

    प्राधिकरणले कुलेखानी जलाशय भरिँदै गएका कारणले पानी निकासका लागि बाँधको गेट खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह समेत गरेको छ। कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ ।

    ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भने। यसो हुँदा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने अवस्था आए बाँधका गेटहरु खोलेर पानी बाहिर निकाल्नुपर्ने वाध्यात्मक अवस्था आउने उनले जानकारी दिए ।

    गत वर्ष वर्षभर जलाशयमा पानीको सतह १५२६ मिटर मात्र थियो । यसवर्ष सोमबार विहानसम्ममा १५२६ मिटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मिटर पुगेको हो। जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ। लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करिब २० मिटर बढेको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...