News Portal

विपद व्यवस्थापन कार्यमा एकिकृत रुपमा लाग्न मुख्यमन्त्री शाहीद्वारा निर्देशन

वाढीपहिरोमा परि ज्यान गुमाउने मृतकका परिवारलाई १ लाख राहत रकम दिने।

हिमाली संचार संवाददाता
४७० पटक

सुर्खेत, ३० असार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रभावकारी रुपमा विपद व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले फरक फरक प्रदेशमा फरक फरक विशेषताको विपदको समस्या रहेको वताउनुभयो । उहाँले कर्णाली प्रदेशको सापेक्षता अनुसारको विपद प्रतिकार्य योजनाको आवश्यक रहेको वताउनुभयो।

मुख्यमन्त्री शाहीले वर्षायामको शुरु संगै विपदका घटनाहरु बढिरहेको वताउदै सरकारका सवै संयन्त्र एकिकृत रुपमा उद्धार तथा व्यवस्थापनका कार्यमा लाग्नुपर्ने वताउनुभयो । विपद प्रभावितहरुको तत्काल उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रवन्धका लागि सवै निकाय एकिकृत रुपमा परिचालन हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ ।

मुख्यमन्त्री शाहीले सरकारको तर्फवाट उद्धार तथा विपद व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यसको लागि उद्धार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन आग्रह गर्नुभयो ।

उद्धारका लागि तिनवटै सुरक्षा निकायको टोलीलाई युनिफाईड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने वताउदै मुख्यमन्त्री शाहीले त्यस्तो व्यवस्था गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग वाढीपहिरोका कारण अवरोध उत्पन्न हुन नदिन निर्देशन गर्नुभएको छ । उहाँले राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजर सहितको टोलीलाई ४० किलोमीटरको दुरीमा क्याम्प खडा गरेर वस्ने व्यवस्था मिलाउन भौतिक पुर्वाधार मन्त्रालयलाई निर्देशन गर्नुभएको छ।

बाढीपहिरोका कारण आवागमण रोकीनु हुदैन, वाढीपहिरोको समस्या आउने वित्तिकै सुचारु हुनुपर्छ – मुख्यमन्त्री शाहीले वताउनुभयो। त्यसैगरि कर्णालीका दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी वनाउन सुर्खेतमा एउटा हेलीकोप्टर तयारी अवस्थामा रहने व्यवस्था गर्न पनि उहाँले निर्देशन गर्नुभएको छ ।

डोल्पा लगायतका जिल्लामा वाढीपहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैया राहात दिने पनि प्रदेश विपद व्यवस्थापन परिषदले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...