News Portal

गौतमबुद्ध विमानस्थल निर्माण अवधि तेस्रोपटक थप

हिमाली संचार संवाददाता
६८० पटक

अच्युत पुरी
काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने अवधि थपिएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको निर्माण अवधि डिसेम्बर २०१९ (१६ पुस २०७६) का लागि सरेको छ ।

यसअघि २८ जुन २०१९ सम्म सक्ने लक्ष्य तय गरिएको थियो। यसअघि डिसेम्बर २०१७ मै सकिनु पर्ने आयोजनाको अवधि १८ जुन २०१८ लाई सारिएको थियो। त्यस अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि म्याद बढाएर २८ जुन २०१९ पुर्‍याइएको थियो। अहिले तेस्रोपटक समय तथ भएको छ। बाँकी काम सम्पन्न गर्न समय लाग्ने भएपछि आयोजनाको अवधि थप गरिएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले भने ।

धावनमार्ग निर्माण भइसकेको छ भने अरु भौतिक प्रगति निकै राम्रो रहको कारण थपिएको अवधि भित्रै आयोजना सम्पन्न हुने उनले बताए । समय अवधि थपिए पनि आयोजनाको लागत भने नबढेको उनले जानकारी दिए। प्रारम्भमा भूकम्प र नाकाबन्दी तथा त्यसपछि निर्माण सामाग्रीको अभाव तथा मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच हुने असहमतिले यो आयोजनाको काम पटकपटक अवरुद्ध हुने गरेको छ ।

गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ ।

अन्तिम पटक विमानस्थलको म्याद थप गर्न लगानीकर्ता बैंक सहमत भएपछि प्राधिकरणले निर्माण कम्पनीलाई आगामी डिसेम्बरसम्मको अवधि थपिदिएको हो। ३१ डिसेम्बर २०१४ बाट निर्माण प्रारम्भ भएको यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ तर, जग्गा अधिग्रहणका क्रममा भने यो विमानस्थलमा ठूलो रकम लगानी भइसकेको छ ।

७३ प्रतिशत प्रगति !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पठाएको प्रगति विवरणअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत छ ।

अहिलेसम्म ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भइसकेको छ भने पार्किङ क्षेत्र (एप्रोन) एरिया निर्माणको काम पनि सकिएको छ ।

विमानस्थलमा अहिले अन्तरराष्ट्रिय यात्रु टर्मिनल, कन्ट्रोल टावर, प्रशासकीय भवन, सवस्टेशन, प्यासेन्जर पार्किङ तथा अन्य उपयोगी भौतिक संरचनाहरु निर्माणको चरणमा छन् ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...