News Portal

नगरपालिकाको सहयोगमा २५ युवायुवतीलाई ७ दिने पत्रकारिता तालिम

हिमाली संचार संवाददाता
५८५ पटक

रबिन्द्र बराल/मोरङ, ३० असार : मोरङको रंगेलीमा ७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ। रिपोर्टर्स समुह रंगेलीको आयोजना तथा रंगेली नगरपालिकाको सहयोगमा ७ दिनेे तालिम सम्पन्न भएको हाेे ।

नगरपालिका भित्रका २५ जना युवायुवतीहरुको उक्त ताालिममा सहभागीता भएको थियो। नगरक्षेत्र भित्र पत्रकारिताको विकास गर्ने उद्देश्य सहित कार्यक्रमकाे अायाेजना गरिएको थियोे।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलीप वगडीया, प्रशासकिय अधिकृत टोम प्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष कुमोद अधिकारी, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, वरिष्ठ पत्रकार यज्ञ प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा मेयर वगडीयाले भने रंगेलीमा संचार गृहको आवश्यकता महशुस हुदै गएको बताउदै रंगेलीबाट एफ.एफ. स्टेशन सञ्चालन गर्न नगरपालिका सकारात्मक रहेको समेत बताए। तालिममा सहभागी विधार्थीहरुलाई क्षमता अभिवृद्ध गर्नका लागी थप एक महिने तालिमको व्यवस्थापन गर्ने प्रतिव्द्धता समेत गरेका छन।

त्यसैगरी सहभागी प्रशिक्षार्थीहरुकाे तर्फबाट रोनक कुर्मी र विनोद रेग्मीले तालिमको अनुभाव समेत सुनाएका थिए। तालिममा मुख्य प्रशिक्षकका रुपमा यज्ञ प्रसाद शर्मा, मोहन भण्डारी, महेन्द्र विष्ट, कमल पौडेल र दिपेन न्यौपानेले प्रशिक्षण दिएका थिए। कार्यक्रमकाे सभापतित्वमा रिपोर्टर्स समुह रंगेलीका अध्यक्ष किरण न्यौपानेले गरेका थिए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...