News Portal

विराटनगरमा बाढीप्रभावितको साहरा बन्दै जनप्रतिनिधि, मेयर पराजुली उद्दारमा..

हिमाली संचार संवाददाता
५२५ पटक

रबिन्द्र बराल
मोरङ २९, असार : अबिरल बर्षाका कारण विराटनगरका केही वडाहरु डुवानमा परेका छन्। जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं. १, ६, ७, ११, १२, १५, १६, १८ र १९ का मानिसहरु बाढीवाट प्रभावित भएका छन्। प्रभावित पीडितहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ।

विराटनगर स्थित वडा नं.१ को विजयपुरटोल नयाँबस्ती, पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढीपिडितहरुलाई राखिएको वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिनुभयो। वडा नं. ७ मा पानिको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढीप्रभावित परिवारहरु फर्केको वडाध्यक्ष मधुवावु तिवारीले जानकारी दिनु भयो।

वडा नं. ११ को ब्रमपुरा र धुधुवामा बाढी पिडितहरु रहेका छन्। उनीहरु घर छोड्न नमानेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो । वडा नं. १२ को बखरी आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको वडाध्यक्ष हिरालाल कामततले जानकारी दिनुभयो ।

यस्तै वडा नं १६ को मिल्स मावि र हुलास मेटलमा बाढीप्रभावितहरुलाई राखिएको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिनुभयो। वडा नं १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिनुभयो ।

सेल्टर र विद्यालयमा राखिएका बाढीप्रभावितहरुलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ । बाढी प्रभावितहरुको अबस्था बुझ्ने र संख्या एकिन गर्ने काम भइरहेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो ।

विराटनगरमा राहत तथा उद्धारका लागि विभिन्न सामाजिक संघसंस्थाहरु समेत खटिएका छन् । सबै वडाहरुमा मेयर पराजुली सहित उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर बस्तुगत अबस्था बुझ्ने काम गर्नुका साथै आबश्यक प्रबन्ध मिलाउने गर्ने काममा जुटेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...