आज : २०२६-०६-१४, आइतबार

सन्जिब ठकुरी र लक्ष्मी दर्नाल अभिनित “काले गुण्डा” बजारमा (भिडियो सहित)

काठमाडौं, २९ असार : काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतिमा लक्ष्मी दर्नालको पहिलो कोसेली “काले गुण्डा” बोलको लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ।

गायिका गीत देबि, किरण गौतम र लक्ष्मी दर्नालको आवाज रहेको सो गीतको लय/शब्द पनि गौतमकै रहेको छ।

अर्जुन सिलवालको निर्देशनमा मोडल सन्जिब ठकुरी, लक्ष्मी दर्नाल, बिक्रम र एलिनाको अभिनय देख्न सकिन्छ। सागर गौतमको छयान्कन र पदम सुवेदीको सम्पादनमा तयार गरिएको सो गीतको म्युजिक भिडियो सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो :