News Portal

सुर्खेत उपत्यका खानेपानी संस्थालाई कर्मचारी नियुक्ति रोक्न उच्च अदालतको आदेश

हिमाली संचार संवाददाता
६३९ पटक

सुर्खेत, २७ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले विधानविपरित कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढाएकोमा उक्त कार्य रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ।

उक्त विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै स्किम प्रमुख शिवप्रसाद गौतम लगायतले दिएको रिटमा उच्च अदालत सुर्खेतले गत असार १८ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

शुक्रवार भएको बहसमा संस्थाले गरेको कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो। शुक्रवार उच्च अदालतका न्यायाधीश भानुभक्त शर्मा न्यौपाने र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

शुक्रवार भएको बहसमा असार १८ गते दिइएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने सम्वन्धमा छलफलको लागि इजलाससमक्ष पेश हुन आएको रिट निवेदन अध्ययन गरी हेर्दा कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश मिति २०७६ असार १८ मा जारी भएकोमा कर्मचारी सेवा शर्त नियमावली, २०५९ को नियम ९ र सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था विधान २०५७ को तेस्रो संशोधनसहित २०७३ को नम्बर २० मा भएको व्यवस्था बमोजिम कर्मचारी नियुक्ति प्रक्रिया भए गरेको नदेखिँदा निवेदन पत्रको टुंगो नलागेसम्मका लागि असार १८ गतेको अन्तरिम आदेशलाई उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम निरन्तरता प्रदान गरिएको आदेशमा उल्लेख छ ।

उक्त आदेशले संस्थालाई यसअघि नै कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन भनेको आदेशलाई निरन्तरता दिएको छ। निवेदकहरुको तर्फबाट अधिवक्ता उत्तम आचार्य, संस्थाका तर्फबाट बरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल र कार्यालय प्रमुख डम्मर गौतमका तर्फबाट अधिवक्ता हिमालयजंग शाहीले बहस गरेका थिए। अधिवक्ता उत्तम आचार्यले अदालतबाट अन्तिम फैसला नहुनेबेलासम्मका लागि कर्मचारी नियुक्ति प्रक्रिया संस्थालाई अगाडि नबढाउन आदेश दिएको बताए ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/07/14226

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...