News Portal

सुर्खेत उपत्यका खानेपानी संस्थालाई कर्मचारी नियुक्ति रोक्न उच्च अदालतको आदेश

हिमाली संचार संवाददाता
६०४ पटक

सुर्खेत, २७ असार : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले विधानविपरित कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढाएकोमा उक्त कार्य रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ।

उक्त विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै स्किम प्रमुख शिवप्रसाद गौतम लगायतले दिएको रिटमा उच्च अदालत सुर्खेतले गत असार १८ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

शुक्रवार भएको बहसमा संस्थाले गरेको कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो। शुक्रवार उच्च अदालतका न्यायाधीश भानुभक्त शर्मा न्यौपाने र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

शुक्रवार भएको बहसमा असार १८ गते दिइएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने सम्वन्धमा छलफलको लागि इजलाससमक्ष पेश हुन आएको रिट निवेदन अध्ययन गरी हेर्दा कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश मिति २०७६ असार १८ मा जारी भएकोमा कर्मचारी सेवा शर्त नियमावली, २०५९ को नियम ९ र सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था विधान २०५७ को तेस्रो संशोधनसहित २०७३ को नम्बर २० मा भएको व्यवस्था बमोजिम कर्मचारी नियुक्ति प्रक्रिया भए गरेको नदेखिँदा निवेदन पत्रको टुंगो नलागेसम्मका लागि असार १८ गतेको अन्तरिम आदेशलाई उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम निरन्तरता प्रदान गरिएको आदेशमा उल्लेख छ ।

उक्त आदेशले संस्थालाई यसअघि नै कर्मचारी नियुक्ति प्रक्रिया अगाडि नबढाउन भनेको आदेशलाई निरन्तरता दिएको छ। निवेदकहरुको तर्फबाट अधिवक्ता उत्तम आचार्य, संस्थाका तर्फबाट बरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल र कार्यालय प्रमुख डम्मर गौतमका तर्फबाट अधिवक्ता हिमालयजंग शाहीले बहस गरेका थिए। अधिवक्ता उत्तम आचार्यले अदालतबाट अन्तिम फैसला नहुनेबेलासम्मका लागि कर्मचारी नियुक्ति प्रक्रिया संस्थालाई अगाडि नबढाउन आदेश दिएको बताए ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/07/14226

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...