News Portal

मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा असर, कसरी बच्ने ?

हिमाली संचार संवाददाता
६६८ पटक

काठमाडौं : वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइरालाले मोबाइल धेरै चलाउँदा ख्याल गर्न सुझाव दिएका छन् । बढ्दो प्रविधिसँगै मोबाइलको प्रयोग धेरै हुन थालेपछि त्यसबाट मानव स्वाथ्यमा थुप्रै प्रभाव पर्ने भन्दै ख्याल गर्न सुझाव दिएका हुन् ।

१) मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।

२) राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १.८ मीटर पर राख्नुस् ।

३) मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि परहोस् ।

४) गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।

५) धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।

६) इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।

७) पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

८) मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।

९) फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ । यसबाहेक मोवाइल किन्दा SAR (Specific Absorption Rate) हेर्नुस् । जति कम SAR उतिनै राम्रो हुन्छ। अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...