News Portal

सौँठा बचत तथा ऋणले गर्‍यो सहकारी एकिकरण सम्बन्धि गोष्ठी

हिमाली संचार संवाददाता
४६८ पटक

रबिन्द्र बराल
मोरङ : सहकारीहरुलाई एकिकरणका माध्यमले सबल र सक्षम बनाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यका साथ मोरङको रतुवामाईमा सहकारी एकिकरण सम्बन्धि गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठी स्थानीय सौँठा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न भएको थियो ।

रतुवामाई नगरपालिकाको वडा नम्बर ६ र ७ मा रहेको ६ बटा बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्चालक समिति, लेखा समिति र व्यवस्थापक कार्यशाला गोष्ठीमा सहभागि थिए। सहकारी नियमावलीमा २ हजार जनसंख्या बराबर एक वडामा एक सहकारी हुनुपर्ने र एक व्यक्ति एक सहकारीको नीतिगत व्यवस्था रहेकोले सहकारीहरु एकआपसमा एकिकरणको विकल्प नरहेकोले एकिकरण गर्न पहलको लागि उक्त कार्यशाला आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा जिल्ला वचत संध मोरङका निवर्तमान अध्यक्ष हरिप्रसाद सुवेदी, जिल्ला बचत संघ लेखा संयोेजक विष्णुप्रसाद ओझा लगायतको सहभागीता रहेको थियोे। उक्त कार्यक्रम जिल्ला बचत संघ मोरङका निवर्तमान अध्यक्ष सुवेदीले पानसमा दीप बालेर उद्घाटन गरेका थिए ।

कार्यशालामा सौँठा बचत, सुनगभा बचत, उन्नति महिला बचत, विश्वनाथ बचत, बिरानमुनि बचत र सिजुवा बचतको सहभागिता रहेको थियोे। हाल सम्म २ वटा वडा हरुमा ६ वटा सहकारीले कुल ७ हजार ९ सय ७९ सदस्य रहेका छन। सो संस्था हरुले ऋण लगानी तर्फ २९ करोडौं, बचत संकलन १९ करोडौं, सेयर पूँजी ५ करोड र कुल सम्पति रु ४० करोड रहेको सौँठा बचतका व्यवस्थापक यादब बिष्टले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला वचत संघ मोरङका निवर्तमान अध्यक्ष सुवेदी भने एउटै गाउँ यति धेरै सहकारी हुदा सबै पक्षलाई राम्रो नहुने तर सबै मिलेर एकै ठाउँँबाट सहकारी सन्चालन हुदा सबै सेयर सदस्यहरुलाई राम्रो हुने र सबल संस्थाको रुपमा विकशित गर्न सकिने समेत बताए। कार्यक्रम सौँठा बचतका अध्यक्ष ऋषिराम मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...