News Portal

प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर बालकको मृत्यु

हिमाली संचार संवाददाता
५०८ पटक

रबिन्द्र बराल
असार २५ बुधबार : मोरङको रंगेली नगरपालिका–५ स्थित आँपगाछीमा विद्युत प्राधिकरणको लापरवाहीले गर्दे करेन्ट लागेर १४ बर्ष बालकको मृत्यु भएको छ।

बुधबार बिहान घर बाहिर निस्कने क्रममा बाटाेमा विद्युत प्राधिकरणकाे तार झरेपछि करेन्ट लागेर गुलावचन ऋषिदेवका १२ वर्षीय छाेेरा प्रमोद ऋषिदेवको मृत्यु भएको हाे।

बिहानै पोल ढलेपनि स्थानीय बासिन्दाले विद्युत प्राधिकरण र प्रहरीलाई जानकारी नगराउँदा घटना भएको रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए।

रंगेली विद्युत प्राधिकरण कार्यलयका शाखा प्रमुख सञ्जय गुप्ताले करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी रहेको स्वीकार गरे। तर अबका दिनहरुमा अरु पोल तत्काल परिवर्तन गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन।

मृतकका परिवारलाई प्राधिकरणकाेे तर्फबाट बालकको किरिया खर्च वापत २५ हजार र पीडित परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताए।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...