News Portal

लुम्बिनी समाज नेपाल कुवेतको चौथौं अधिवेशन अगस्ट १६ मा हुँदै

हिमाली संचार संवाददाता
५४६ पटक

कुवेत, ८ जुलाई : वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनी वासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ मा गर्न लागेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिए।

कार्यक्रम हुने स्थानको लागि हलको खोजीमा रहेको र हलको टुंगो चाडै नै लगाएर जानकारी दिइने समाजले बताएको छ।

आफ्नो स्थापनाकाल देखी नै बिभिन्न सामाजिक क्रियाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल कुवेतले क्रियाशील संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने विभिन्न अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याएसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनुहुने लुम्बिनीवासीहरु लगायत कुवेतमा क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सम्पुर्णलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

     तपशिल :

मिति : १६ अगस्ट २०१९
समय : बिहान ११ बजे
आयोजक : लुम्बिनी समाज नेपाल कुवेत।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...