News Portal

कर्णाली प्रदेश सरकारले जुम्ला घटनाबारे छानविन गर्न बनायो कार्यदल

हिमाली संचार संवाददाता
७२१ पटक

सुर्खेत – कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ ।

शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि पौडेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तवहादुर कार्की र समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख बृषवहादुर शाही रहेको कार्यदललाई एकहप्ताभित्र प्रतिवेेदन पेश गर्न भनिएको हो ।

अनसनरत डा. केसीलाई काठमाडौं ल्याउन प्रहरी बल प्रयोग गर्ने क्रममा अस्पतालमा तोडफोड गर्नुका साथै झडप भएको थियो । त्यसक्रममा एक प्रहरी पनि घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...