News Portal

  • कर्णाली प्रदेश सरकारले जुम्ला घटनाबारे छानविन गर्न बनायो कार्यदल

    हिमाली संचार संवाददाता
    ६३५ पटक

    सुर्खेत – कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ ।

    शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि पौडेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तवहादुर कार्की र समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख बृषवहादुर शाही रहेको कार्यदललाई एकहप्ताभित्र प्रतिवेेदन पेश गर्न भनिएको हो ।

    अनसनरत डा. केसीलाई काठमाडौं ल्याउन प्रहरी बल प्रयोग गर्ने क्रममा अस्पतालमा तोडफोड गर्नुका साथै झडप भएको थियो । त्यसक्रममा एक प्रहरी पनि घाइते भएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...