News Portal

कबिता ~ भाेकाएकाे छु !

हिमाली संचार संवाददाता
६८२ पटक

       – प्रीति अर्याल

याे युगको प्रभातमा
मलाई एक्लो छाेडेर
गएपछि तिमीले
म टुहुराे भएको छु

किन अामा……?
तिमी मलाई भन्दा
ती जुनहरुलाई माया गर्छाैं
जुनलाई भन्दा ताराहरुलाई
अाैधि माया गर्छौ
र त तिमी मलाई छाेडेर गयौं
कहिल्यै नफर्कने गरि
यो प्राणकाे डाेरी चुडालेर गयौं
तिमी गए पछि
प्रत्येक दिन सेताे कागज जस्तै
उदाङ्गाे भएको छु

तिमी मेरो संसार थियौ
थियौ मेरो जिन्दगी अामा
तर अचानक
समयकाे बिकराल हुरिहरुले
बाध्यताका तुफानहरुसँगै
काँडाका गाेरेटाहरुमा पर्छायाे हाेला तिमीलाई
पिडा वियोग सहन नसकेर
छातीमा पिटीपिटी राेएकी थियौ
राेएकी थिए म तिमीसँगै
धेरै राेएँ पछि निदायाैं तिमी
कहिल्यै नफर्कने गरि
तिमी निदाएँ पछि
म एक्लाे भएँ ,एक्लो उभिँरहे
तिम्रो पर्खाईमा अबेर साँझसम्म
नअाए पछि तिमी
म टुहुराे भएको छु

अाँगनकाे डिलमा लथालिङ्ग
जाेडि चप्पल हेर्दै सम्झिरहेछु
तिमीले घुमाएकाे सेल राेटी
अनि साेँचिरहे छु
तिम्रो चप्पल र म उस्तै भएका छाै
लथालिङ्ग
तिमीले छाेडेर गएपछि
म टुहुराे भएको छु
हेर त अामा
म धेरै भाेकाएकाे छु

सेती किनारमा बसेर
तिम्रो अस्तु बगाईरहेकाे
पानीको वहाबलाई साेध्थे
साेध्थे नदिकाे किनारमा
अामाकाे लाशलाई दागबत्ती दिदै
गरेका अाँसुहरुलाई
उ पनि देखाई दिन्थ्याे।
तिमीसँगै रहेका केही मलिन ताराहरुलाई
उडिरहेको धुँवाकाे मुस्लोलाई
केही अवशेषहरुलाई
छाेडेर गएपछि त्यहीँ अवशेषहरुले पनि
उ टुहुराे भएको छ
म जस्तै ……………..
केबल म जस्तै ……।।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...