News Portal

रिक्त ४७ पदमा उपनिर्वाचन गराउने तयारीमा निर्वाचन आयोग

हिमाली संचार संवाददाता
४५७ पटक

काठमाडाैं, २० असार : निर्वाचन आयोगले केन्द्रीय संसद्देखि स्थानीय तहका रिक्त ४७ जनप्रतिनिधिका लागि उपनिर्वाचन प्रक्रिया अघि बढाएको नयाँ पत्रीकामा खबर छ ।

प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सांसद, स्थानीय तहअन्तर्गत पालिकाका अध्यक्ष वा उपाध्यक्ष पदमा पाँच तथा ३८ वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ ।

नेकपा सांसद रवीन्द्र अधिकारीको निधन भएपछि प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २ को सांसद पद खाली छ ।

त्यस्तै, बाग्लुङ क्षेत्र नम्बर २ (ख)का सांसद टेकबहादुर घर्ती, भक्तपुर क्षेत्र नम्बर १ (क)का सांसद हरिशरण लामिछाने र दाङ क्षेत्र नम्बर ३ (ख)का सांसद उत्तरकुमार ओलीको निधन भएकाले आयोगले उपनिर्वाचन गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...