News Portal

पार्टीको आन्तरिक चुनावमा होमिँदै कांग्रेस !

हिमाली संचार संवाददाता
५७२ पटक

काठमाडौं : नेपाली कांग्रेसमा संस्थापन इतर समूहलाई आशंका थियो, पार्टी सभापति शेरबहादुर देउवा तत्काल १४ औं महाधिवेशन गर्ने पक्षमा छैनन् । पार्टीको अन्तरिम संरचना पनि तदर्थ समितिमार्फत बनाउन चाहन्छन्। त्यही आशंकालाई बल पुग्ने गरी नियमावली समितिमा संक्रमणकालीन व्यवस्थाबारे विधानमा जे उल्लेख भए पनि केन्द्रीय कार्यसमितिले निर्णय गर्न सक्ने प्रस्ताव आयो ।

लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतको बैठक गोंगबुमा बस्यो र तदर्थ समिति अस्वीकार गर्ने निर्णय गर्‍यो। तर, रमेश लेखक नेतृत्वको समितिले बिहीबार नियमावलीको मस्यौदा पास गर्‍यो, जसमा विधान विपरीत केन्द्रीय समितिले तदर्थ समिति बनाउने सक्ने कुनै व्यवस्था छैन ।

आफूहरुले अस्वीकार गर्ने प्रष्ट भएपछि संस्थापन पक्ष पछाडि हटेको पौडेल–सिटौला समूहका नेताहरुको दाबी छ । साथै उनीहरुमा चासो छ, २२ गतेबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा देउवाले के प्रस्ताव ल्याउलान् ? तर, पार्टी नेतृत्वले जे प्रस्ताव ल्याएपछि कांग्रेस आन्तरिक चुनावमा होमिने प्रष्ट संकेत देखिएको छ ।

आन्तरिक चुनावमा होमियो कांग्रेस !

केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाहरु तय गर्न बिहीबार पदाधिकारी बैठक बसेको छ । एक पदाधिकारीका नियमावली पेश गर्ने र विधानअनुसार अन्तरिम संरचना निर्माणबारे छलफल गर्ने आसन्न बैठकको एजेण्डा बन्ने पक्का भएको छ ।

कांग्रेसको विधानअनुसार वडा, स्थानीय तह, क्षेत्रीय र प्रदेश कमिटीहरु अधिवेशनमार्फत बनाउनुपर्छ । स्थानीय स्तरमै सहमति भए चुनाव हुनेछ। यदि केन्द्रीय कार्यसमितिले विधानअनुसार अन्तरिम संरचना बनाउने निर्णय गर्ने हो भने कांग्रेसमा आन्तरिक चुनाव सुरु हुनेछ। किनकी केन्द्रीय महाधिवेशनसँग जोडिने भएकाले नेतृत्वले चाहेर पनि सबै कमिटी गठनमा सहमति हुन सक्दैन।

यदि अन्तरिम संरचना नबनाई १४ औं महाधिवेशन गर्ने निर्णय भयो भने पनि चुनाव लाग्नेछ। उसो त कतिपय नेताहरु अन्तरिम संरचना नबनाई १४ औं महाधिवेशनको प्रक्रिया सुरु नहुने बताउँछन्। किनकी क्रियाशील सदस्यता नवीकरण लगायतका निर्णय गर्न पार्टीको संरचना चाहिन्छ, जुन अहिले वडा, स्थानीय तह, क्षेत्र र प्रदेशमा छैन। केन्द्रीय सदस्य प्रदीप पौडेल पनि क्रियाशील सदस्यता नविकरण लगायतका कामका लागि अन्तरिम संरचना अपरिहार्य भएको बताउँछन् ।

जे निर्णय भए पनि कांग्रेस अब आन्तरिक चुनावमा होमिने प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । उनले अघि भने, ‘महाधिवेशन गर्न विभिन्न चरण पार गर्नुपर्छ। अन्तरिम संरचना बनाउने तयारी महाधिवेशन पूर्वको एउटा चरण हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...