News Portal

दुई वर्षअघि सामाखुशीको ढलमा बगेर बाचेकी सत्याले एसइईमा ल्याईन “ए प्लस”

हिमाली संचार संवाददाता
५२७ पटक

ज्योति श्रेष्ठ/काठमाडौं : भाग्यले बाँचेकी १४ वर्षीय सत्या सापकोटाले यस वर्ष एसइईको परिक्षा दिइन्। उनले परीक्षामा “ए प्लस” ल्याएकी छिन्। मृत्युलाई जितेर उनले राम्रो नतिजा ल्याइन्। त्यसकारण पनि साहासी सत्या अहिले प्रतिनिधिपात्र बनेकी छिन्। मृत्युपछिको नयाँ जीवन स्थानीयको सहयोगबाट पाएकी हुन्। जसलाई उनी भग्वान मान्छिन्।

दुई वर्षअघि २०७४ असार ३० गते सामाखुशीमा ढलले बगाए पनि भाग्ले बाँचेकी हुन् सत्या। सामान्य दिनझैं त्यस दिन पनि उनी बृहस्पति विद्या सदनबाट घर फर्कंदै थिइन्। दिनभरि पानी परेको कारण ढिलै छुट्टी भयो। स्कुल बसले सधैं उनी झर्ने ठाउँमै झारिदियो। पानी थामिए पनि सडक पूरै जलमग्न थियो।

उनी दुई पाइला के अघि बढेकी थिइन्। ढलमा परिन्। पानीको भेलले उनलाई बगायो। ‘बाँचुला जस्तो लागेका थिएन। निस्किने प्रयास गरें। सकिनँ। तल्लो चोकमा एक हुल मानिस रहेछन्। उनीहरुले म बगिरहेको देखे। अनएर मलाई बचाए,’ उनले भनिन्। जसले उनलाई बचाएर नयाँ जीवन दिए, उनीहरुलाई उनी भग्वान मान्छिन्। ढलबाट उनलाई सकुशल उद्धार गरियो। शरिरिमा कहीँ कतै चोटपटक लागेको थिएन।

सधैं स्कुलबाट सवा ४ बजेसम्म घर पुग्थिन् तर ५ बज्दा पनि उनी घर नपुग्दा काकी चिन्तामा थिइन्। ‘निथ्रुक्कै भिजेको शरीर, जाडो र डरले थुरथुर काम्दै थिइन्,’ काकीले सम्झिइन्, ‘घरमै भएर पनि घटनाबारे छोरी आएपछि मात्र थाहा पाएँ। सामान्य घटना ठानेकी थिएँ। पछि फेसबुकमा भिडियो देखेपछि त मेरो सातो नै गयो,’ काकी भन्छिन्, ‘उनी ढलमा खसेको भिडियो त भाइरल नै भयो।’ घटना घटेको केही दिनमा उनी खसेको ढल वरपर बार लगाइयो।

घटनाको बारेमा सोधपूछ गर्न धेरै ठाउँबाट फोन आयो। प्रधानमन्त्री कार्यालयदेखि मेयर, पत्रकार, विभिन्न सरोकारवालाका निकाय तथा आफन्तले उनको अवस्था बुझ्न फोन गरे। घटनाप्रति दुःख प्रकट गर्दै उनलाई काठमाडौं महानगरपालिकाले स्वास्थ्य बिमा स्वरुप १ लाख रुपैयाँ प्रदान गर्‍यो। विद्यालयले एक लाख ५० हजार र सम्मानपत्र प्रदान गर्‍यो।

यी सबले उनमा नयाँ ऊर्जा थप्यो। उनी मिहेनत गरेर पढ्न थालिन्। अचेल उनलाई पानी परेको मन पर्दैन। पानी पर्दा उनी घटना घटेको दिनलाई सम्झिन्छिन्। पहिलेदेखि नै उनी पढाइमा अब्बल थिइन्। त्यो घटनाले अझ मेहेनत गर्न हौसला दियो।

राती ११ बजेसम्म र बिहान ४ बजेदेखि नै पढ्ने तालिका बनाइन्। उनी विज्ञान पढ्ने तयारीमा छिन्। ‘मेडिकल सेक्टरमा रुचि छ,’ उनी योजना सुनाउँछिन्। परिवारमा आमाबुबा र भाइ छन्। आमाबुबा र भाइ ११ वर्षदेखि जापानमै छन्। उनी काकाकाकीसँग बस्दै आएकी छिन्। आमाबुबासँग नियमित भेटघाट हुने गरको छ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...