News Portal

चिनजानको डाक्टर सरुवा हुँदा स्थानीयबासीद्वारा चिन्ता व्यक्त

हिमाली संचार संवाददाता
५०२ पटक

बागलुङ, १७ असार : धौलागिरी(अन्चल) अस्पतालमा कार्यरत सिनियर मेडिकल सुपरिटेन्डन्ट डा. सागर राजभण्डारीको राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँको निर्देशक पदमा सरुवा भएको छ । केहि वर्ष देखी घरपाईको धौलागिरी(अन्चल) अस्पतालको प्रमुख पदमा रहेर सेवा प्रवाह गरिरहेका डा. राजभण्डारी सरुवा भएको समाचारले स्थानीयबासीहरु चिनजानको डाक्टर सरुवा भएकोमा चिन्ता व्यक्त गरिरहेका छन् ।

चिनजानका डाक्टर समक्ष आफ्ना समस्या राख्न पनि सजिलो थियो, सरसल्लाह लिन पनि हिच्किचाई रहनुपर्ने अवस्था थिएन, भन्दै स्थानीयले, ‘सरकारले राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक जस्तो गरिमामय पदमा पदस्थापन गरेर महत्वपूर्ण जिम्मेवारी दिएकोमा डा. राजभण्डारीलाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् ।

डा. राजभण्डारीले, डा. तरुण पौडेल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहँदा अस्पतालमा मेडिकल अधिकृतको रुपमा सेवा प्रदान गरेका थिए। इबागलुङका अनुसार डा. पौडेलको सरुवा पछी २०७२ सालमा डा. राजभण्डारी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा सरुवा भएका थिए ।

डा. राजभण्डारी धौलागिरी(अन्चल) अस्पतालमा कार्यरत रहँदा Nick Simons Award (अन्तर्राष्ट्रिय पुरस्कार) तथा डा. तरुण पौडेलले स्थापना गरेको चिकित्साकोष सम्मान समेत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...