News Portal

सरकारलाई नेकपाकै प्रमुख सचेतक गुरुङको प्रश्न : नेपाल रहन्छ कि रहँदैन ?

हिमाली संचार संवाददाता
५७० पटक

असार १७, काठमाडौं : सरकारले अगाडि सारेको पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी विधेयकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आपत्ति जनाएका छन् । विधेयक अनुसार नेपालमा आणविक भट्टी खोल्न दिने हो भने नेपाल देशै नरहने हो कि भन्ने प्रश्नसमेत नेकपा नेता गुरुङले उठाए ।

विधेयकमाथि सोमबार संसदीय समितिमा भएको छलफलमा सहभागीहरुले आणविक भट्टीका कारण बुद्धको देश अशान्त हुन्छ कि भन्ने थप प्रश्नसमेत उठाए । केही सांसदले चाहिँ विधेयक आवश्यक रहेको बताए ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ माथि विज्ञहरुसँग छलफल गरिएको थियो । छलफलमा सांसदहरुका साथै पूर्वस्वास्थ्यमन्त्री, पूर्वराजदूतलगायतलाई निम्त्याइएको थियो ।

छलफलमा नेकपाका प्रमुख सचेतक एवं पूर्वकानुनमन्त्री देव गुरुङले आणविक भट्टी खोल्दा नेपाल रहला कि नरहला भनेर प्रश्न गरे । गुरुङले भने, ‘ठूला देशहरुले आफ्ना देशमा आणविक भट्टी सञ्चालन गर्न नचाहने र तेस्रो मुलुकहरुमा आणविक भट्टी खोल्न प्रोत्साहन गरिरहेका छन् । हामीले पनि त्यसैगरी भट्ट खोल्न थाल्यौं भने नेपाल रहन्छ कि रहँदैन ? यो हाम्रो स्वाभिमानसँग जोडिने विषय हो ।

त्यसैगरी छलफलमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भरत प्रधानले नेपालको अहिलेको आवश्यक कृषि क्षेत्रमा लगानी हो कि आणविक भट्टीमा भन्ने प्रश्न गरे । प्रधानले आणविक भट्टी खोल्दा नेपालमा अशान्ति फैलिने आशंका गरे । ‘बुद्धको देश कतै आणविक भट्टीले अशान्त हुन्छ कि ?’ उनले भने ।

यो विधेयक अध्ययन अनुसन्धानको निम्ति आवश्यक भए पनि आणविक भट्टी नै खोल्ने विषयमा सोच विचार गर्न सुझाव दिँदै प्रधानले भने, ‘हाम्रो आवश्यकता के हो ? यसलाई क्लियर गरौं । हाम्रो अहिलेको आवश्यकता स्वास्थ्य र कृषिमा हो, न्युक्लियर भट्टी अहिले आवश्यक छैन। त्यसैगरी पूर्वराजदूत डा. महेश मास्केले पनि विधेयक ल्याउने नियतमै शंका रहेको बताए ।

छलफलमा सहभागी पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले भने नेपालमा अनुसन्धान केन्द्र सञ्चालनका लागि आणविक भट्टी चाहिने बताए । त्यसैका लागि विधेयक ल्याइएको अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...