News Portal

लुम्बिनी विकास बैकले गर्‍यो संन्सारी मंन्दिरमा सरसफाई

हिमाली संचार संवाददाता
४७२ पटक

रबिन्द्र बराल/ मोरङ : लुम्बिनी विकास बैक रंगेली शाखाले आज रंगेलीका मठ मन्दीरहरुको सरसफाई तथा प्रभातफेरी गरेको छ। शाखा स्थापनाको १० औ वर्ष प्रवेश गरेको अवसरमा बैकले कालि मन्दिर र संसारी माईस्थान मन्दिरको प्राङ्गणमा सरसफाई गरेको हो ।

बैकले प्ले कार्ड सहितको र्याली निकालेर रंगेली बजार, बसपार्क लगायत क्षेत्रको परिक्रम गरी मन्दिरको सरसफाई गरीएको थियो ।

सो अवसरमा रंगेली नगरपालीका उपमेयर केशव कुमारी खराल, लुम्बिनी विकास बैकका साहयक कार्यकारी प्रमुख अधिकृत तिलकराज पाण्डे, बजार व्यवस्थापक प्रमुख दिपक खनाल, रंगेली शाखा प्रमुख दुर्गेश रौनियार, नेकपाका जिल्ला सदस्य मनोज अग्रवाल नेपाली काग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डल, राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष बजरङ्ग अग्रवाल, सामुदायीक सेवा केन्द्र रंगेलीका अध्यक्ष मछिन्द्र बहादुर कटुवाल लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा लुम्बिनी विकास बैकका साहयक कार्यकारी प्रमुख अधिकृत तिलकराज पाण्डेले ४० प्रतिशत नेपालीहरु अझैपनि बैकिङ्ग पहुच भन्दा बाहिर रहेकाले अहिले नेपाल राष्ट्र बैकले वित्तिय साक्षरतालाई बढी जोड दिएकाले वित्तिय जनजागरणका लागी प्रभातफेरी र सरसफाई गरिएकोे बताए ।

रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागी बैकिङ्ग कारोवार सुरक्षीत भएकाले सामाजिक उत्तरदायित्व सहित आम नगरबासी सहितको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...