News Portal

नेताहरू गुटमा मात्र रमाऊने हो भने गुट बाहिरकाले तपाईहरूलाई नेता मान्न पाउने की नपाउने : शाह

हिमाली संचार संवाददाता
५६२ पटक

काठमाडौं, १० असार : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले गुटमा रमाउने नेताहरुलाई गुट बाहिरकाले नेता मान्न पाउने कि नपाउने भनेर प्रश्न गरेका छन। सोमबार नाच घरमा भएको सिटौला समुहको कार्यक्रमलाई लक्षित गर्दै शाहले देशमा ७•५ दशक लामो लोकतान्त्रिक यात्रा गरेको नेपाली कांग्रेस खुम्चिएको र यो ब्यबस्थाको विकल्प खोजी रहेका कम्युनिस्टहरु दुई तिहाईमा पुगेको भन्दै अब पनि कांग्रेस गुटमा रमाउन थाल्यो र हामी गुटमा रमाउन थाल्यौ भने देशमा कम्युनिस्ट सर्वसत्तावाद लागू हुने जिकिर गरे।

शाहले त्यतातिर लोकतन्त्रको पहरेदार कांग्रेले ध्यान दिन पर्ने पनि बताए। सामाजिक संजाल फेस्बुकमा पार्टीका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई सम्बोधन गर्दै पुर्व उपाध्यक्ष शाहले कांग्रेसमा हार्दिकता सहितको एकता र आत्मअनुशासन सहितको सहकार्यको आवस्यकता भएको पनि उल्लेख गरेका छन। शाहले गरेको आग्रह यस्तो छ:

नेपाली कांग्रेसका पूर्बमहामन्त्री आदरणीय नेता कृष्ण प्रसाद सिटौला ज्यू।
उच्च श्रद्धाका साथ हार्दिक जय नेपाल।

नेपाली कांग्रेसको ७.५ दशक लामो लोकतान्त्रिक यात्राको क्रममा आज नेपाली कांग्रेस स्थानीय तह देखी केन्द्र सम्म कमजोर प्रतिपक्ष र कम्युनिस्ट शक्ति दुई तिहाई जनमतका साथ सत्तामा बिराजमान छन र योजनाबद्ध तरीकाले नेपालमा कम्युनिस्ट ब्यबस्था स्थापना गर्न सकिन्छ की भन्ने प्रयत्नमा रहेको कुरा मैले स्मरण मात्र गराउन चाहेको छु।

नेपाली कांग्रेस र लोकतान्त्रिक परिपाटी समेत संकटमा परेको बेला स्वम नेपाली कांग्रेसको भूमिका के हुनु पर्ला भन्ने प्रश्नमा कांग्रेसका हरेक नेता तथा कार्यकर्ता चिन्तनशील हुनु पर्ने ह। यो प्रश्न माथीको चिन्तन मन्थनबाट हरेकको मन बाट निसकिने आवाज हो – “ कांग्रेस एक हुनु पर्छ, मिल्नु पर्छ “ र ७.५ दशकको लोकतान्त्रिक आन्दोलनको यात्रा पछि दुईतिहाई कम्युनिस्ट कसरी बढ़े भन्ने प्रश्नको जवाफ खोज्नु पर्छ।
हिजोको नाचघर जमलको चिन्तन मनन कुनै नौलो कुरा थीएन एकाघरका परिवार मात्र बसेर मिठो मसीनो खाने प्रचलनको निरन्तरता थियो। तर प्रश्न उठछ – ‘ कांग्रेस एक परिवार ‘ चाही गुट हो की समग्र पार्टी हो ? यो संकटको बेला गुट भित्र मात्र चिन्तन गरेर समग्र पार्टीको हित होला त ? अथवा पार्टीको समस्याले निकाश पाउला त ? एक कार्यकर्ताको नाताले जिज्ञासा राख्ने घृस्टता गरे।
कांग्रेस भित्र युवानेताका प्रायबाची बन्नु भएका आदरणीय गगन थापा प्रदीप पौडेल ज्यू ~ तपाईहरू संग रहेको ज्ञान बिबेक र योग्यता कांग्रेस भित्रका सम्पूर्ण युवाहरूको एकताको लागी सहयोगी बन्ने की बाधक ? हाम्रो पुस्ताको प्रथम श्रेणीको अब्बलताको लहरमा दरिन सफल भएका तपाईहरू सम्पूर्ण पार्टी र मुलुकको श्रीबृद्धिको लागी समग्र पुस्ताको बीचमा कहिले उपस्थित हुने ? तपाईहरू गुटमा मात्र रमाऊने हो भने गुट बाहिरकाले तपाईहरूलाई नेता मान्न पाउने की नपाउने ? भोट हाल्न पर्ने की नपर्ने ? मन भित्र अनेक प्रश्न जन्मीएका छन।

प्रश्न गर्नु अपराध परिभाषित हुदै गईरहेको कांग्रेस भित्र प्रश्न गर्ने दुस्साहस गरे क्षमापूजा गरे !

~ समग्र कांग्रेस र देशको लागी “ हार्दिकता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य – को यात्राको अवसरको प्रतीक्षा गर्दै बिदा लीन चाहे।

जय नेपाल !!

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...