News Portal

मन्त्री बाँस्कोटाले नै यसरी झुट बोलेपछी..(भिडियो सहित)

हिमाली संचार संवाददाता
४५६ पटक

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् । गुठी विधेयकका सम्बन्धमा शुक्रबार उनले आफूले ‘सामन्तवाद’ शब्द प्रयोग नगरेको दाबी गरेका हुन् ।

आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य कुरा हो। त्यतातर्फ फर्कन म अनुरोध गर्न चाहन्छु,’ उनको जवाफ थियो, ‘भन्दै नभनेको कुरा भन्यो भनेर रिउमर क्रियट गरेर, पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला।

प्रतिनिधिसभामा विनियोजन विधेयक ०७६/७७ अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्री बाँस्कोटाले सांसद्ले उठाएको प्रश्नको जवाफमा आफूमाथि आरोप लगाइएको दाबी गर्दै पुष्टि गर्न चुनौती दिए। ‘कहीं त्यस्तो पुष्टि भयो भने म त्यतिखेर नै सवाल जवाफ गरौंला, मैले त्यो भनेको पनि छैन,’ उनले थपे।

मन्त्री बाँस्कोटाले काठमाडौंको कुरा सांस्कृतिक र काठमाडौं बाहिरको विषय भूमि व्यवस्था, भूमिहीनसित जोडिएको मात्रै भनेको दाबी गरेका थिए। नभनेको कुरालाई भन्यो भन्ने, तीललाई पहाड बनाउने, नचलेको हावा चलाउन खोजेर राजनीतिक लाभको स्वार्थबाट आफूमाथि आरोप लगाइएको उनको भनाइ थियो।

बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले गुठी विधेयकको विरोधमा काठमाडौंमा उर्लिएको जनसागरलाई मन्त्री बाँस्कोटाले सामन्ती सोचको अवशेष भनेको बारे जवाफ मागेकी थिइन्।

मन्त्री बाँस्कोटाले जेठ ३० गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने?’ उनले प्रश्न गरे, ‘गुठी, बेखारी, हलिया, कमलरीजस्ता प्रथाले सामन्तवादको आर्थिक, सामाजिक एवं राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, तिनलाई हामीले भत्काउन खोजेका मात्र हौं।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...