News Portal

लगानीकर्ताका लागि दुखद साता : अर्ब पनि पुगेन सेयर कारोबार

६१९ पटक

काठमाडौं – पुँजी बजार लगानीकर्ताहरुका लागि यो साता दुखद बनेको छ । साताभरमा भएको ५ दिनको कारोबारमा पाँचै दिन अधिकांश समूहहरु राताम्मे देखिँदा लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् ।

यस साता कारोबार रकममा भारी गिरावट आयो । साउन २० गतेदेखि २४ गतेसम्म भएको कारोबार एक अर्ब रुपैयाँ पनि पुग्न सकेन ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । सातामा १६ हजार ३ सय ७० कारोबारबाट ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट जम्मा ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ६८ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचकमा ९.२५ अंकको गिरावट

यस साता कारोबार रकमसहित नेप्से परिसूचकसमेत ओरालो लागेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले ओरालो लागेको छ ।

साताका ५ दिन नै लगानीकर्ताका लागि फलदायी नबनेको सेयर बजार परिसूचक नेप्से अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।

कारोबार रकममा प्रोग्रेसिभ फाइनान्स पहिलो

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स एक नम्बरमा दलेखिएको छ । सातामा पाँच करोड ९० लाख ४० हजार रुपैयाँ कारोबार गर्दै प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा देखिएको हो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि प्राग्रेसिभ नै अगाडि देखिएको छ । पाँच लाख ८५ हजार कित्ता कारोबार संख्याका आधारमा प्रोग्रेसिभ फाइनान्स संस्थापक अग्रस्थानमा देखियो ।

त्यसैगरी कारोबार संख्याको आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स्ा कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल लाइफको ८ सय ७७ वटा कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स पछि क्रमशः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा देखिएका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

समूहगत परिसूचकहरुको उतारचढाव टेवलमा हेर्नुहोस् : अनलाइनखबर

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...