News Portal

लगानीकर्ताका लागि दुखद साता : अर्ब पनि पुगेन सेयर कारोबार

६७३ पटक

काठमाडौं – पुँजी बजार लगानीकर्ताहरुका लागि यो साता दुखद बनेको छ । साताभरमा भएको ५ दिनको कारोबारमा पाँचै दिन अधिकांश समूहहरु राताम्मे देखिँदा लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् ।

यस साता कारोबार रकममा भारी गिरावट आयो । साउन २० गतेदेखि २४ गतेसम्म भएको कारोबार एक अर्ब रुपैयाँ पनि पुग्न सकेन ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । सातामा १६ हजार ३ सय ७० कारोबारबाट ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट जम्मा ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ६८ प्रतिशत कम हो ।

गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचकमा ९.२५ अंकको गिरावट

यस साता कारोबार रकमसहित नेप्से परिसूचकसमेत ओरालो लागेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले ओरालो लागेको छ ।

साताका ५ दिन नै लगानीकर्ताका लागि फलदायी नबनेको सेयर बजार परिसूचक नेप्से अन्तिम दिन १ हजार १ सय ८० दशमलव ६३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।

कारोबार रकममा प्रोग्रेसिभ फाइनान्स पहिलो

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स एक नम्बरमा दलेखिएको छ । सातामा पाँच करोड ९० लाख ४० हजार रुपैयाँ कारोबार गर्दै प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा देखिएको हो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि प्राग्रेसिभ नै अगाडि देखिएको छ । पाँच लाख ८५ हजार कित्ता कारोबार संख्याका आधारमा प्रोग्रेसिभ फाइनान्स संस्थापक अग्रस्थानमा देखियो ।

त्यसैगरी कारोबार संख्याको आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स्ा कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल लाइफको ८ सय ७७ वटा कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स पछि क्रमशः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा देखिएका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

समूहगत परिसूचकहरुको उतारचढाव टेवलमा हेर्नुहोस् : अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...