News Portal

उद्योगपति सुमार्गीको लाईसेन्स खारेज गर्न तरुणदल सुर्खेतका अध्यक्षको माग

हिमाली संचार संवाददाता
५७७ पटक

सुर्खेत, ७ असार : नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरी विष्टले विगत ८ वर्षदेखि सुर्खेतको चौकुनेमा सिमेन्ट कारखाना खोल्ने आश्वासन दिँदै आएका उद्योगपति अजयराज सुमार्गीको लाईसेन्स खारेज गर्न सरकारसँग माग गरेका छन्।

सुमार्गीले बिहीबार मात्रै कर्णाली प्रदेशको राजधानी सुर्खेतको एक होटेलमा कार्यक्रमको आयोजना गरेर २०७७ भदौमा कारखानाको उद्घाटन गर्ने गरी आफू अघि बढेको जानकारी दिएका थिए।

वीरेन्द्रनगरमा सुर्खेत उद्योग वाणिज्य संघसँगको अन्तरक्रियामा सुमार्गीले २ अर्ब बराबरको लगानीमा चौकुनेमा सिमेन्ट कारखाना निर्माण गरिने वचन दोहोर्‍याएका छन्। यसै सन्दर्भलाई लिएर नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरी बिष्टले स्थानीय बासिन्दालाई सेयरको प्रलोभन देखाएर लाइसेन्स नवीकरणा गर्न लागेको भन्दै आपत्ति जनाएका छन्।

उनले भने, ‘हामीले ४ वर्षपहिले सुमार्गीलाई चौकुने सिमेन्ट उद्योग निर्माण कार्य शुरू गर्नुहोस् भनेर आग्रह गरेका थियौं। सम्झौता भएको ८ वर्षसम्म पनि सुमार्गीले काम अघि बढाउनु भएको छैन। उहाँले यसको लाईसेन्स नवीकरण गर्नकै लागि अहिले सुर्खेतमा आएर केही पूर्वमाओवादी, केही पत्रकारलाई मासुभात खुवाएर प्रभावित बनाउनु खोज्नु भएको छ। यो तरुण दलले देखिरहेको छ।

अर्को वर्षमा शुरु गर्ने भन्नु भएछ। यसमा किन आपत्ति ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष विष्टले भने, ‘८ वर्षसम्म अजयजीले लाईसेन्स होल्डमा राख्नु भयो। अनेक बहानामा क्षतिपुर्ति लिनुभयो। तर, काम गर्नु भएन। आज आएर फेरी धोकाजाल बुन्न थाल्नु भएको छ। तत्काल उहाँको लाइसेन्स खारेज गरेर नयाँ ठेक्का आह्वान गर्न माग गर्दछु।

उनले भने, ‘चौकुने सिमेन्ट उद्याेगका ठेकेदार प्रचण्डका व्यापार साझेदारी अजय सुमार्गीले सुर्खेत उधोग वाणिज्य संघलाई १० लाखको चारो फाल्दै शुभ होटलमा केही पत्रकार, व्यापारी र नेतालाई मासुभात सहितको पार्टी र स्थानीय जनतालाई १ घर ५० हजारको सेयर प्रलोभन देखाई लाईसेन्स नवीकरण गराउने खेल सुरू गरेका छन्।

‘लेखेर राख्नुहोस् उहाँको लाईसेन्स रद्द नगरिएसम्म चौकुने सिमेन्ट उद्योग हात्ती आयो हात्ति आयो फुस्सा हुनेछ। त्यसैले लाईसेन्स नवीकरण होईन खारेज हुनुपर्छ। काम नगरी लाईसेन्स होल्ड राख्ने परम्पराको अन्त्य हुनुपर्छ र अर्को ढाँट छल होईन काम गर्ने कम्पनीसँग सम्झौता गर्न सुर्खेती जनता एकजुट भई सरकारलाई युवाहरूको अगुवाईमा दबाव दिनुपर्छ।

एक दिनको रक्सी मासुले जिन्दगीभर पश्चाताप नहोस्। जँहा जिल्लाको विकास र भावी सन्ततिको भविष्य जोडिएको छ,’ उनले भने। सुमार्गीले कारखानामा ७ सय जनाले काम पाउने र प्रतिदिन ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने कार्यक्रममा जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...