News Portal

नेपालगन्जमा पुल पार्टीको आयोजना गर्दै एक्स जेनेरेसन

बिश्व प्रसिद्ध डिजे लिनेटा नेपालगंज पुल पार्टीमा आउँने !

हिमाली संचार संवाददाता
५१६ पटक

बाँके, ५ असार : एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले असार ९ गते नेपालगन्जमा ‘बिट द हिट’ पुल पार्टी गर्ने भएको छ । नेपालगन्जमा मंगलबार एक्स जेनेरेसनले पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा बताएको हो ।

उक्त पुल पार्टी नेपालगंजका लागी यो बर्षको पहिलो पुल पार्टी हुने एक्स जेनेरेसनले पत्रकार सम्मेलनमा बताएको छ । बिश्वव्यापी ‘DJ 100 DJANE 2018’ मा पर्ने सफल विश्व प्रसिद्ध महिला डिजे ‘डिजे लिनेटा’ को प्रमुख आकर्षण पुल पार्टिमा रहने आयोजकले जनाएको छ ।

साथै पुल पार्टिमा डिजे लिनेटासंगै नेपालकी ख्याती प्राप्त डिजे अर्पणा, डिजे बिधानको डिजे बिट्सका साथै युवा पिडीको रोजाईमा रहेको हिप हप संगितमा नाम चलेका गायक ‘सरकार ‘, ‘टिक्रस’ र ‘दंगाली बोवाई’को संगितिक प्रस्तुती रहने छ ।

आयोजकका अनुसार कार्यक्रमको संचालन मोस्ट पपुलर मोडल RJ/VJ पुजन थापाले गर्ने छिन् । यो पुल पार्टीले नेपालगंजबासी लाई यो प्रचण्ड गर्मीमा थोरै भएपनि राहतका साथ अन्तराष्ट्रिय स्तरको इभेन्टको मनोरञ्जन दिने बिश्वस्त रहेको एक्स जेनेरेशनका प्रिसिडेन्ट संयोग जंग शाहले बताएका छन् ।

शाहले यो बर्ष यस्तो अन्तराष्ट्रिय लेडी डिजे सहितको दुई वटा पुल पार्टी हुने र चाडै नै एक्स जेनेरेशनले आफ्नो बार्षिक इभेन्ट “मिस नेपालगंज” र “लिटिल मिस भेरी ” पनि सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।

“बिट द हिट” पुल पार्टीको हस्पिटालिट पार्टनर समेत रहेको स्नेहा कालर्श इन स्विट्सका अपरेश मेनेजर कपिल गान्जोका अनुसार यो पार्टीलाई लक्ष्यित लाइभ “बार बिक्यु” गर्नुका साथै अन्य स्वादिष्ट परिकारको परिकल्पना होटलले गरेको बताए ।

साथै पत्रकार सम्मेलनमा बोल्दै एक्स जेनेरेसनका भाइस प्रिसिडेन्ट एकिकरण शाहले पुल पार्टिमा सम्पूर्ण नेपालगन्जबासिले रमाइलो गर्ने बिश्वास व्यक्त गरेका छन् । पार्टी स्नेहा कालर्श इन स्विट्समा दिउसो २ बजे देखी शुरू हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...