News Portal

नेपालगन्जमा पुल पार्टीको आयोजना गर्दै एक्स जेनेरेसन

बिश्व प्रसिद्ध डिजे लिनेटा नेपालगंज पुल पार्टीमा आउँने !

हिमाली संचार संवाददाता
५४८ पटक

बाँके, ५ असार : एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले असार ९ गते नेपालगन्जमा ‘बिट द हिट’ पुल पार्टी गर्ने भएको छ । नेपालगन्जमा मंगलबार एक्स जेनेरेसनले पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा बताएको हो ।

उक्त पुल पार्टी नेपालगंजका लागी यो बर्षको पहिलो पुल पार्टी हुने एक्स जेनेरेसनले पत्रकार सम्मेलनमा बताएको छ । बिश्वव्यापी ‘DJ 100 DJANE 2018’ मा पर्ने सफल विश्व प्रसिद्ध महिला डिजे ‘डिजे लिनेटा’ को प्रमुख आकर्षण पुल पार्टिमा रहने आयोजकले जनाएको छ ।

साथै पुल पार्टिमा डिजे लिनेटासंगै नेपालकी ख्याती प्राप्त डिजे अर्पणा, डिजे बिधानको डिजे बिट्सका साथै युवा पिडीको रोजाईमा रहेको हिप हप संगितमा नाम चलेका गायक ‘सरकार ‘, ‘टिक्रस’ र ‘दंगाली बोवाई’को संगितिक प्रस्तुती रहने छ ।

आयोजकका अनुसार कार्यक्रमको संचालन मोस्ट पपुलर मोडल RJ/VJ पुजन थापाले गर्ने छिन् । यो पुल पार्टीले नेपालगंजबासी लाई यो प्रचण्ड गर्मीमा थोरै भएपनि राहतका साथ अन्तराष्ट्रिय स्तरको इभेन्टको मनोरञ्जन दिने बिश्वस्त रहेको एक्स जेनेरेशनका प्रिसिडेन्ट संयोग जंग शाहले बताएका छन् ।

शाहले यो बर्ष यस्तो अन्तराष्ट्रिय लेडी डिजे सहितको दुई वटा पुल पार्टी हुने र चाडै नै एक्स जेनेरेशनले आफ्नो बार्षिक इभेन्ट “मिस नेपालगंज” र “लिटिल मिस भेरी ” पनि सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।

“बिट द हिट” पुल पार्टीको हस्पिटालिट पार्टनर समेत रहेको स्नेहा कालर्श इन स्विट्सका अपरेश मेनेजर कपिल गान्जोका अनुसार यो पार्टीलाई लक्ष्यित लाइभ “बार बिक्यु” गर्नुका साथै अन्य स्वादिष्ट परिकारको परिकल्पना होटलले गरेको बताए ।

साथै पत्रकार सम्मेलनमा बोल्दै एक्स जेनेरेसनका भाइस प्रिसिडेन्ट एकिकरण शाहले पुल पार्टिमा सम्पूर्ण नेपालगन्जबासिले रमाइलो गर्ने बिश्वास व्यक्त गरेका छन् । पार्टी स्नेहा कालर्श इन स्विट्समा दिउसो २ बजे देखी शुरू हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...