News Portal

गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर

हिमाली संचार संवाददाता
३२९ पटक

काठमाडौँ -सरकारले संघीय संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।

विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी थियो। प्रदर्शनकारीले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास गरेर सुतेको बाघलाई जिस्काएको प्रतिक्रिया दिए।

परापूर्वकालदेखि चल्दै आएको गुठी परम्परालाईं ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा भाडाका मान्छे आएको, गुठी प्रथालाई सामन्तवाद भनेको प्रति उनीहरुले चर्को आक्रोश पोखे।

तपाईहरु हामीलाई भाडाका मान्छे देख्नुहुन्छ। उक्साहटमा आएको देख्नुहुन्छ। सामन्तवादी देख्नुहुन्छ,’ नेवा देय दवुका अध्यक्ष द्वारिकामान तण्डुकारले भने, ‘हामीचाहिँ तपाईले ल्याएको विधेयकको पानापानामा मार्सी भात देख्छौं। होली वाइन देख्छौं।’

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...