News Portal

  • गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर

    हिमाली संचार संवाददाता
    २९९ पटक

    काठमाडौँ -सरकारले संघीय संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।

    विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी थियो। प्रदर्शनकारीले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास गरेर सुतेको बाघलाई जिस्काएको प्रतिक्रिया दिए।

    परापूर्वकालदेखि चल्दै आएको गुठी परम्परालाईं ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा भाडाका मान्छे आएको, गुठी प्रथालाई सामन्तवाद भनेको प्रति उनीहरुले चर्को आक्रोश पोखे।

    तपाईहरु हामीलाई भाडाका मान्छे देख्नुहुन्छ। उक्साहटमा आएको देख्नुहुन्छ। सामन्तवादी देख्नुहुन्छ,’ नेवा देय दवुका अध्यक्ष द्वारिकामान तण्डुकारले भने, ‘हामीचाहिँ तपाईले ल्याएको विधेयकको पानापानामा मार्सी भात देख्छौं। होली वाइन देख्छौं।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...