News Portal

संसदमा प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो : देउवा

हिमाली संचार संवाददाता
४९२ पटक

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीले प्रतिपक्षको प्रश्न सुनेर जवाफ दिनुपर्ने बताएका छन् । मंगलबार संसदको बैठकपछि सम्वाददाताहरूसँग बानेश्वरमा कुरा गर्दै देउवाले कांग्रेसले जायज माग राखेर संसदमा विरोध जनाएको बताए ।

सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न नदिई प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बोल्ने अनुमति दिएपछि आफूहरूले संसदीय मर्यादा कायम राख्न विरोध जनाएको देउवाले बताएका छन् । उनले प्रधानमन्त्री ओलीले बोल्ने नभई जवाफ दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय अभ्यासलाई आफूहरूले पछ्याउन खोजेको नेपाली कांग्रेसका सभापति देउवाले बताएका छन् ।

‘संसदमा प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो’, उनले भने, ‘उहाँले पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज’, सभापति देउवाले भने, ‘जहाँपनि विपक्षीले पहिले बोल्ने हो । शुरुमा कहाँ बोल्छन् ?’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले संसदमा बोल्न आफूलाई नदिएर नेपाली कांग्रेसले संसदीय मर्यादाको धज्जी उडाएको आरोप लगाएका छन्। तर, संसद अबरोधबारे देउवाले दिएको स्पष्टीकरण संविधान र संसदीय मर्यादाअनुकूल रहेको जानकारहरूले बताएका छन् ।

सभामुख कृष्णबहादुर महराले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा बोल्न समय माग्दा समय नदिनुलाई सत्ताको लाचार छायाँको संज्ञा दिएका छ। संसदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र सभामुख महराले अघिल्ला समयमा जस्तै यस पटक पनि पेलेर जान खोजेका थिए।

आफूलाई सशक्त रुपमा उभ्याएको नेपाली कांग्रेसले कम्युनिस्टहरूको योजनालाई मंगलबार संसदमा बिफल बनाइदिएको छ । त्यति मात्रै होइन नेपाली कांग्रेसको कडा रुप देखेपछि बाध्य भएर कम्युनिस्ट सरकारले गुठी विधेयक पनि फिर्ता लिएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...