News Portal

संसदमा प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो : देउवा

हिमाली संचार संवाददाता
४४९ पटक

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीले प्रतिपक्षको प्रश्न सुनेर जवाफ दिनुपर्ने बताएका छन् । मंगलबार संसदको बैठकपछि सम्वाददाताहरूसँग बानेश्वरमा कुरा गर्दै देउवाले कांग्रेसले जायज माग राखेर संसदमा विरोध जनाएको बताए ।

सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न नदिई प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बोल्ने अनुमति दिएपछि आफूहरूले संसदीय मर्यादा कायम राख्न विरोध जनाएको देउवाले बताएका छन् । उनले प्रधानमन्त्री ओलीले बोल्ने नभई जवाफ दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय अभ्यासलाई आफूहरूले पछ्याउन खोजेको नेपाली कांग्रेसका सभापति देउवाले बताएका छन् ।

‘संसदमा प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो’, उनले भने, ‘उहाँले पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज’, सभापति देउवाले भने, ‘जहाँपनि विपक्षीले पहिले बोल्ने हो । शुरुमा कहाँ बोल्छन् ?’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले संसदमा बोल्न आफूलाई नदिएर नेपाली कांग्रेसले संसदीय मर्यादाको धज्जी उडाएको आरोप लगाएका छन्। तर, संसद अबरोधबारे देउवाले दिएको स्पष्टीकरण संविधान र संसदीय मर्यादाअनुकूल रहेको जानकारहरूले बताएका छन् ।

सभामुख कृष्णबहादुर महराले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा बोल्न समय माग्दा समय नदिनुलाई सत्ताको लाचार छायाँको संज्ञा दिएका छ। संसदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र सभामुख महराले अघिल्ला समयमा जस्तै यस पटक पनि पेलेर जान खोजेका थिए।

आफूलाई सशक्त रुपमा उभ्याएको नेपाली कांग्रेसले कम्युनिस्टहरूको योजनालाई मंगलबार संसदमा बिफल बनाइदिएको छ । त्यति मात्रै होइन नेपाली कांग्रेसको कडा रुप देखेपछि बाध्य भएर कम्युनिस्ट सरकारले गुठी विधेयक पनि फिर्ता लिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...