News Portal

  • डाक्टरको उदासिनताले सल्यान बनगाड कुपिण्डेकी जैशरी पुनको विचल्ली

    हिमाली संचार संवाददाता
    ५३२ पटक

    नेपालगन्ज : चिकित्सकको लापरबाही र उदासिनताका कारण भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि सल्यानबाट आएका एक विरामी करिब दश दिनदेखि विचल्लीमा परेका छन् । पाठेघर सम्बन्धि समस्याका कारण उपचारका लागि अस्पताल आएकी सल्यान बनगाड कुपिण्डे – १ की जैशरी पुन उपचारको पखाईमा रहे पनि उपचारमा संलग्न डाक्टर युवराज कार्कीको उदासिनता, लापरबाही र ढिलासुस्तिका कारण उनी विचल्लीमा परेकी हुन् ।

    डाक्टर कार्कीले दिनदिनै भोली पर्सी अपरेसन गर्छु भन्दै विरामीलाई झुठो बोली अपरेशन नगरिदिएका कारण उनी भर्ना भएको १० दिनसम्म पनि उपचारबाट बञ्चित भएको बताउछिन् ।

    पाठेघर समस्याले थलिएकी ६५ वर्षिय पुन उपचारका लागि जेठ २४ शुक्रबार गते नेपालगन्ज भेरी अस्पतालमा आएकी थिइन् । उनको उपचारमा संलग्न डाक्टर युवराज कार्कीले पाठेघरको अप्रेसन गरि फाल्नुपर्ने भन्दै भर्ना गराए । अस्पताल रेकर्ड अनुसार सोही दिन भर्ना भएकी जैसरीको १० दिन वितिसक्दा पनि अप्रसेन हुन सकेन ।

    जैसरीका श्रीमान भीमबहादुर पुनका अनुसार डाक्टरको सल्लाह बमोजिम अस्पताल भर्ना गरियो । डाक्टर साबले श्रीमतीको अप्रेशन आजभोली गर्ने भन्दै १० दिन भन्दा बढि समय वितिसक्यो तर पनि अप्रेशन नगरेको दुखेसो पोखे। उनले भने डाक्टरले हामीलाई भन्नुभयो मेरो पालो मङगलबार मात्र आउँछ सोही अनुसार जेठ २८ गते अप्रेशनका लागि तयारीमा बस्यौं । तर, डाक्टरसाबले आलटाल गरे । अप्रेशन गरेनन् अर्को मिति तोके ।

    सेतोखरीसंग कुरा गर्दै भीमबहादुरले भने अर्को मिति जेठ २९ गते बुधबारका लागि तोकियो । तर, त्यो दिन पनि डाक्टरले हामीलाई वेवास्ता गर्नुभयो । फेरी अर्को मिति तोक्नुभयो त्यहीअनुसार हामीले तयारी गर्‍यौ फेरी पनि डाक्टर सावले बहाना गर्दै अप्रेशनको मिति टार्नुभयो ।

    पटक-पटक डाक्टर कार्कीले मिति सार्दा र आफैले भनेको मितिमा अप्रेशन नगर्दा आजित बनेका भीमबहादुरले अन्ततः जेठ ३० गते हामीलाई रिफर गर्नुस् अथवा हामी डिस्चार्ज गरेर प्राइभेटमा भएनी अप्रेशन गर्छौं भन्दा पुनः असार १ गते आईतबार जसरी भएपनि अप्रेशन गर्ने बताए । सो अनुसार भीमबहादुरले तयारी गरे, अप्रेशनका लागि अस्पताल कर्मचारीले तयारी पनि गरे तर आईतबार पनि जैशरीको अप्रेशन भएन ।

    विरामीले थलिएकी जैसरी र उनका श्रीमान आजित भएपछि अस्पताल प्रशासनमा गुनासो गरे । गाइनो डिपार्टका प्रमुख डाक्टर कल्पना थापाले असार ४ गते बुधबार स्वयम आफैले अप्रेशन गरिदिने भन्दै पीडितलाई शान्त पारिन् ।

    अस्पतालमा कार्यरत डाक्टरबाट पीडित बनेका पुन दम्पत्ती लामो समयसम्म अस्पतालमा बसेपछि अनाहकमा खर्च बढ्दा आर्थिक भार भएको बताएका छन् । सल्यानबाट नेपालगन्ज स्वास्थ्य सेवा लिन आएका पुन दम्पत्ति बुधबार हुने अप्रेशनका लागि भन्दै आईतबार अस्पतालबाट आफन्तकहाँ गएका छन् । बुधबार अप्रेशन हुने गाइनो डिपार्टका प्रमुखले वाचा गरेपछि मङ्गलबार आउने गरि आफन्तकहाँ आएका छौं भीमबहादुरले बताए ।

    डाक्टर युवराज कार्कीले विरामीमाथि चरम लापरबाही गर्दै पटकपटक मिति सार्दा विरामी मात्र नभएर अस्पताल कर्मचारी पनि हैरान बनेकाछन् । आफैले बोलेको कुरा ब्यवहारमा लागु नगर्दा यतिवेला अस्पताल आउने विरामी र अप्रेशनमा जुट्ने कर्मचारी तनाबमा रहेकाछन् ।

    डाक्टरले जैसरीको अप्रेशनका लागि ४ पटक तयारी गराए । तर, अप्रेशन गराएनन् । अप्रेशन नै नगर्नु थियो भने भर्ना किन गराए पीडित जैसरीका श्रीमा भीमबहादुरले बताए । भेरी अस्पतालमा रहेका डाक्टर स्वयमले विरामीलाई विभिन्न बहानामा आलटाल गर्ने गर्दा अस्पताल प्रशासन भने मुखदर्शक मात्र बनेकोछ ।

    यस्तै भेरी अस्पताल प्रशुती कक्षमा रहेकी अर्की बाँके राप्तीसोनारी गाँउपालिका वडा नम्बर(६, राजपुरकी चम्फी चौधरीको अवस्था पनि उस्तै छ । ७५ वर्षिय चम्फीको पाठेघर बाहिर निस्किएर उनलाई असह्य पीडा भइरहेकोछ । दश वर्षदेखि दुवै आँखा नदेख्ने चम्फीको पाठेघरको अप्रेशन गर्न डाक्टरले पनि हेलचेक्र्याई गरिरहेकोछ ।

    डाक्टरले लामो समयदेखि अप्रेशनका लागि आलटाल गर्ने गरेकाले पीडित बनेको चम्फीकी बुहारी प्रसधनी थारुले बताईन । उनले भनिन्(खेतीकिसानीको समयमा स्वास्थ्य सेवा छिटै पाइन्छ भनेर भेरी अस्पताल आएको न त सासु आमाको अप्रेशन नै गर्छन्, न त केही भन्छन् । यो त डाक्टरको ठूलो लापरबाही मात्र नभई गैरजिम्मेवारी हो । प्रसधनीले थपिन ९ दिनदेखि अस्पतालमै छु, पालो कुर्दा कुर्दै आफू पनि विरामी परिसके । डाक्टरले अप्रेशन गर्ने कुनै सुरसार नदेखाएपछि आत्तिएकी सासुआमाले मलाई यहाँबाट घर लैजा भन्दै आत्तिएको समेत बताईन ।

    अस्पतालमा कार्यरत डाक्टरले पछिल्ला समय आफ्ना निजि क्लिनिकमा ब्यस्त हुने हुदाँ विरामीले सर्वसुलभ र प्रभावकारी सेवा पाउनबाट बञ्चित हुनु परेको हो । विरामीलाई आफू अनुकुल गराएर राख्ने त्यो भयो भने सेवा दिने नत्र विभिन्न बहाना देखाउने कार्य बन्द गरिनुपर्ने भेरी अस्पतालमा उपचारार्थ दयाराम कँडेलले बताए । उनले भने यहाँका डाक्टरहरुको नियत ठिक छैन । रगतदेखि अल्टूसाउण्ड सम्म यीनिहरुले भनेको ठाँउमै परीक्षण गराउनुपर्छ । त्यसो भएन भने रिपोर्ट नै गलत छ भन्दै कागजको चिर्कुटमा प्याथोलोजिको नाम लेख्दै त्यही गएर परीक्षण गराउन निर्देशन दिन्छन् ।

    भेरी अस्पतालका डाक्टरले विरामी उपचारमा देखाएको लापरबाही र उदासिनताले विरामी मर्कामा पर्दै आएकाछन् । आफूअनुकुल प्याथोलोजिमा स्वास्थ्य परीक्षण गराई कमिशनको मोटो रकम कुम्ल्याउन माहिर डाक्टरलाई कारबाही गर्न अस्पतालमा भेटिएका विरामीले माग गरेकाछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...