News Portal

  • सांसद गुरुङद्वारा अहिलेको बजेटले महिला र यूवालाई उपेक्षा गरेको आरोप

    हिमाली संचार संवाददाता
    ४३३ पटक

    पोखरा, ३ असार : गण्डकी प्रदेशसभाकी सांसद मनकुमारी गुरुङले सरकारले प्रस्तुत गरेको बजेटले यूवा र महिलालाई उपेक्षा गरेको आरोप लगाएकी छिन् ।

    संसदमा बजेटमाथी छलफल गर्दै उनले अहिलेको बजेटले स्वरोजगार सिर्जना गर्ने र यूवालाई विदेश पलायन हुनबाट रोक्नु आकर्षक कार्यक्रम दिन नसकेको बताईन् ।

    सांसद गुरुङले सदनमा गरेको सम्बोधन जस्ताकोतस्तै :

    माननीय सभामुख महोदय, यस गरिमामय सभामा गण्डकी प्रदेशको सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङद्धारा आर्थिक बर्ष २०७६÷०७७ को बजेट प्रश्तुत भएको छ । यसका लागि धन्यवाद दिन चाहान्छु । समृद्ध प्रदेश र सुखी नेपालीको नारा लिएर हिडेको यो सरकारले आज तेश्रो बजेट ल्याएको छ ।
    सारा प्रदेशबासी बडो उत्सुकताका साथ सुनिरहेका र हेरिरहेका थिए । के यो बजेटले दुर दराजमा रहेका, विदेश पलायन भएका नेपाली जनतालाई सम्बोधन गरेको छ त ? आधा धर्ती समेटेका महिलाका लागि यसले सम्बोधन गरेको छ ? मेरो प्रश्न छ ।

    यूवाहरुको लागि भनेर ५ करोड रुपैयाँ छुट्याएको छ । अहिलेको जल्दोबल्दो समस्या भनेकै बैदेशिक रोजगार हो । यूवाको विदेश पलायन हो । समृद्ध प्रदेश बनाउन चाहिने यूवा अहिले विदेशमा छन् । देशमा यति ठूलो बेरोजगारी छ । यूवालाई पर सारेर देश समृद्ध बन्न सक्दैन । दक्ष जनशक्तिलाई नेपालमै रोक्नका लागि यथेष्ट सम्बोधन भएको छैन ।

    होमस्टेका लागि २५ करोड भनेर छुट्याईएको छ । ४४ वटा पर्यटकीय गन्तब्यमा पूर्वाधार बनाउनको लागि १७ करोड मात्रै छ । कुन चाहीँ शीर्षकमा कति बजेट राख्नुपर्ने हो ? कुन कार्यक्रम बढी प्राथमिकतामा राख्ने भन्ने हेक्का सरकारले गर्न सकेन ।

    दुईवटा प्रदेश स्तरीय औद्योगिक क्षेत्रमा २ करोड भनेको छ । यति थोरै पैसाले औद्योगिक क्षेत्र बन्छ ? प्राणी उद्यानमा मात्रै ५ करोड विनियोजन भएको छ । केलाई आधार मानेर बजेट विनियोजन गर्छ सरकारले ? स्पष्ट पार्न अनुरोध गर्छु ।

    महिला र लक्षित बर्गको लागि भनेर १० हजार जनालाई रोजगारीका लागि तालिम दिन १७ करोड छ । यो कसरी सम्भव हुन्छ ? आईएनजीओ र एनजीओले प्रशस्त तालिम दिईसकेको छ । अहिलेसम्म लिएको सीप चाहीँ कहाँ लगेर ब्यवस्थित गर्ने ? तालिम दिएर मात्रै केही हुँदैन । तालिम लिएपछि त्यसको प्रयोग गर्न पाउने ज्ञारेण्टी सरकारले गर्नुपर्छ । अहिलेसम्म तालिम लिएको सीपको नै उपयोग भएको छैन । फेरि तालिम भनेर बजेट ल्याउँदा ब्यवहारिक हुन सकेन ।

    पर्यटनबाट समृद्धी हासिल गर्ने भनेर हिडेका हामीले पर्यटनको पूर्वाधार बनाउन कति रकम छुट्यायौं ? हाम्रो प्राथमिकतामा पर्यटन किन परेन ? यो चाहीँ मलाई चित्त बुझेन । यो बजेटले सबैलाई अपनत्वको भावना जगाउन सक्दैन । सबै जनताले मेरो हो भनेर भन्न सक्ने भएन ।

    कार्यकर्ता मुखि बजेट हुनु भएन । यसलाई परिमार्जन गरियोस् । हामीले सोचेका थियौं कि धेरै बजेट खर्च होला भन्ने । तर सोचेअनुसार खर्च भएन । बजेट पनि खर्च गर्न नसक्ने प्रदेश कसरी समृद्ध हुन्छ ? अन्त्यमा फेरि भन्छु–यूवालाई बाईपास गरेर ल्याएको बजेट समाजवाद उन्मुख हुन सक्दैन । यसले समृद्ध प्रदेश बनाउन सक्दैन । महिला र यूवाले बजेटलाई आफ्नो भन्ने अवस्था सिर्जना गरियोस् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...