News Portal

  • कोहलपुरका मृगौला पीडित हेमन्त सिंह ठकुरीको आर्थिक अभावका कारण उपचारमा समस्या (भिडियो)

    सहयोगका लागि अपिल !

    हिमाली संचार संवाददाता
    १९४५ पटक

    ज्ञानु संगम खड्का
    बाँके, १ असार : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार खर्चको अभाव भएको छ। फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ।

    २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन । उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन। गत मंसिर ७ गते भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दुईवटै मृगौला फेल भएको थाहा भएपछि उनलाई उपचारको लागि काठमाडौ र भारतको लखनउसम्म लगिएको थियो।

    उनलाई हेर्दा लाग्छ उनी मृत्युलाई पर्खिरहेका छन । उनको दयनीय अवस्था भएकाले सबैमा उनले सहयोगको अपिल गरेका छन । दुबै मृगौला पिडित हेमन्तले +२ सम्मको अध्ययन गरेका छन । उनको स्याहारसुसार अहिले उनकी दिदी सुमित्रा सिंह ठकुरीले गर्दै आएकि छिन। सुमित्रा भाडामा बस्छिन। एउटा सटरमा सानोतिनो सिलाईकटाई गर्छिन। त्यही पसलबाट कमाएको केही पैसाले आफू र भाइ हेमन्तलाई खर्च गर्ने गरेको बताउँछिन। भाइको त्यस्तो दयनीय अबस्था देख्दा सुमित्रा भक्कानिदै भनिन् मेरो भाईलाई बचाइदिनुस ।

    सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कार्तिक महिनामा पोखरा गएका थिए। पोखरा गएको १७ दिन हुन नपाउँदै हेमन्तको घाँटी लगायत शरिरमा घाउ देखा पर्न थाल्यो। त्यसपछि हेमन्तले पोखरामा काम गर्न सकेनन । उनी कोहलपुर फर्किए। फर्किएपछि उनलाई भेरी अञ्चल अस्पताल नेपालगन्जमा डाइगोनोसिस गराइयो। डाइगोसिसपछि पत्ता लाग्यो हेमन्तको दुबै मृगौला फेल भएछन।

    परिवारमा निराशा छायो !

    हेमन्त पहिले जस्तो बोल्न सक्दैनन। उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। श्रीमती लगायत आमा बुवा सल्यानमा रहेको हेमन्त बताउँछन। हेमन्तले बिहे गरेको डेढ वर्ष भयो। उनलाई बचाउन गाउँलेले पहल समेत गरेका थिए।

    हेमन्तको बुवाले एउटा मृगौला दिए उनी बाँच्न सक्ने बताइएको थियो। हेमन्त रुँदै भन्छन्, “बुवाले म मृगौला कुनै हालतमा दिन्न भन्नुभयो। त्यसपछी बाँच्ने आश हरायो। अहिले उपचार अनि मृगौला फेर्न आफुसंग पैँसा छैन। उपचार गर्नको लागि डाक्टरले १५/२० लाखसम्म लाग्छ भनेको हेमन्तको भनाई छ। आफूसंग हजार छैन कसरी यत्रो पैसा ल्याउनु उनले भावुकहुदै भने, – ‘अब मृत्यु कुर्न बाहेक केही उपाय छैन ।’ सबैले सहयोग गर्दिए आफू पहिलेकै अवस्थामा फर्किन सक्ने उनी बताउँछन ।

    उनले सबैलाई आर्थिक सहयोग गरिदिन समेत अनुरोध गरेका छन। उनकी दिदी सुमित्राले पनि आफ्नो भाइलाई बचाईदिन आग्रह गरेकी छिन। सुमित्रा रुँदै भन्छिन,“सबैले सहयोग गरिदिनु भयो भने मेरो भाइ बाँच्ने थियो।

    अभियानकर्ता पत्रकार खगेन्द्र दाहालको गोल्लोबल आई एम ई बैकं नेपालगन्जको खाता नम्बर ६२०७०१०००२२७५ मा पनि पठाउन सकिने बताइएको छ।

    सहयोगका लागि सम्पर्क : 

    सुमित्रा सिंह ठकुरी : +९७७-९८६६९७६०९३

    खगेन्द्र दाहाल : +९७७-९८५८०३२१८२

    भिडियोमा पनि हेर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १६ गतेको राशिफल

    आज कार्तिक १६, २०८२ (नोभेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फोहोरमै उपचार : गंगाजमुना गाउँपालिकाको ग्रामीण अस्पतालमा सरसफाइ संकट र गैरजिम्मेवारी व्यवस्थापन

    धादिङ – गंगाजमुना गाउँपालिकामा रहेको ग्रामीण अस्पतालको अवस्था दयनीय बन्दै गएको छ। बिरामी राख्ने शय्यादेखि...

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...