News Portal

कोहलपुरका मृगौला पीडित हेमन्त सिंह ठकुरीको आर्थिक अभावका कारण उपचारमा समस्या (भिडियो)

सहयोगका लागि अपिल !

हिमाली संचार संवाददाता
२००६ पटक

ज्ञानु संगम खड्का
बाँके, १ असार : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार खर्चको अभाव भएको छ। फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ।

२८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन । उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन। गत मंसिर ७ गते भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दुईवटै मृगौला फेल भएको थाहा भएपछि उनलाई उपचारको लागि काठमाडौ र भारतको लखनउसम्म लगिएको थियो।

उनलाई हेर्दा लाग्छ उनी मृत्युलाई पर्खिरहेका छन । उनको दयनीय अवस्था भएकाले सबैमा उनले सहयोगको अपिल गरेका छन । दुबै मृगौला पिडित हेमन्तले +२ सम्मको अध्ययन गरेका छन । उनको स्याहारसुसार अहिले उनकी दिदी सुमित्रा सिंह ठकुरीले गर्दै आएकि छिन। सुमित्रा भाडामा बस्छिन। एउटा सटरमा सानोतिनो सिलाईकटाई गर्छिन। त्यही पसलबाट कमाएको केही पैसाले आफू र भाइ हेमन्तलाई खर्च गर्ने गरेको बताउँछिन। भाइको त्यस्तो दयनीय अबस्था देख्दा सुमित्रा भक्कानिदै भनिन् मेरो भाईलाई बचाइदिनुस ।

सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कार्तिक महिनामा पोखरा गएका थिए। पोखरा गएको १७ दिन हुन नपाउँदै हेमन्तको घाँटी लगायत शरिरमा घाउ देखा पर्न थाल्यो। त्यसपछि हेमन्तले पोखरामा काम गर्न सकेनन । उनी कोहलपुर फर्किए। फर्किएपछि उनलाई भेरी अञ्चल अस्पताल नेपालगन्जमा डाइगोनोसिस गराइयो। डाइगोसिसपछि पत्ता लाग्यो हेमन्तको दुबै मृगौला फेल भएछन।

परिवारमा निराशा छायो !

हेमन्त पहिले जस्तो बोल्न सक्दैनन। उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। श्रीमती लगायत आमा बुवा सल्यानमा रहेको हेमन्त बताउँछन। हेमन्तले बिहे गरेको डेढ वर्ष भयो। उनलाई बचाउन गाउँलेले पहल समेत गरेका थिए।

हेमन्तको बुवाले एउटा मृगौला दिए उनी बाँच्न सक्ने बताइएको थियो। हेमन्त रुँदै भन्छन्, “बुवाले म मृगौला कुनै हालतमा दिन्न भन्नुभयो। त्यसपछी बाँच्ने आश हरायो। अहिले उपचार अनि मृगौला फेर्न आफुसंग पैँसा छैन। उपचार गर्नको लागि डाक्टरले १५/२० लाखसम्म लाग्छ भनेको हेमन्तको भनाई छ। आफूसंग हजार छैन कसरी यत्रो पैसा ल्याउनु उनले भावुकहुदै भने, – ‘अब मृत्यु कुर्न बाहेक केही उपाय छैन ।’ सबैले सहयोग गर्दिए आफू पहिलेकै अवस्थामा फर्किन सक्ने उनी बताउँछन ।

उनले सबैलाई आर्थिक सहयोग गरिदिन समेत अनुरोध गरेका छन। उनकी दिदी सुमित्राले पनि आफ्नो भाइलाई बचाईदिन आग्रह गरेकी छिन। सुमित्रा रुँदै भन्छिन,“सबैले सहयोग गरिदिनु भयो भने मेरो भाइ बाँच्ने थियो।

अभियानकर्ता पत्रकार खगेन्द्र दाहालको गोल्लोबल आई एम ई बैकं नेपालगन्जको खाता नम्बर ६२०७०१०००२२७५ मा पनि पठाउन सकिने बताइएको छ।

सहयोगका लागि सम्पर्क : 

सुमित्रा सिंह ठकुरी : +९७७-९८६६९७६०९३

खगेन्द्र दाहाल : +९७७-९८५८०३२१८२

भिडियोमा पनि हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...