News Portal

नेकपा सांसद मानान्धरले मागे सञ्चारमन्त्रीको राजीनामा

हिमाली संचार संवाददाता
५५६ पटक

काठमाडौं : सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन।

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजिनामा दिनुस्’ उनले भने । गुुठियारहरुलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु हुने उनको चेतावनी छ।

नेकपा सांसद मानन्धरले प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी समेत दिएका छन् । रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा उनले भने, ‘म यहीँबाट भन्न चाहन्छु, यदि प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ। बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाईसरकारले मास्न खोजेको उनको आरोप छ ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए। सञ्चारमन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको उनको टिप्पणी छ।

पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए। ‘गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो’ उनले भने ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...