News Portal

वाइडबडी विमान प्रकरणः तत्कालीन मन्त्री र सचिवसहितलाई कारवाही गर्न आयोगको माग

हिमाली संचार संवाददाता
६०६ पटक

काठमाडौँ : वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानविन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले संसदको लेखा समितिले दोषी ठहर गरेका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायु सेवा निगमका पदाधिकारीलाई कारवाही गर्नुपर्ने माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारवाहीप्रति असन्तुष्टि जनाएको छ ।

आयोगले तयार पारेको प्रारम्भिक छानविन प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानविन औपचारिकतामामात्रै सीमित भएको निष्कर्ष निकालिएको आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले जानकारी दिनुभयो । प्रतिवेदनमा संघीय संसदबाटै सो प्रकरणका दोषीमाथि कार्वाही गर्न पनि प्रतिवेदनमा भनिएको छ ।

संयोजक खत्रीले संघीय संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार सो प्रकरणमा ४ अरव ३५ करोडभन्दा बढि भ्रष्टाचार भएको उल्लेख गरेको छ । मन्त्री अधिकारीको भने फाल्गुण १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ ।

नागरिक स्तरबाट गठन गरिएको सो आयोगले छानविनको क्रममा सरकारी निकायहरुले सहयोग नगरेको गुनासो पनि गरेको छ । प्रतिवेदनमा सार्वजनिक लेखा समितिले सरकारलाई बुझाएको सो सम्बन्धि प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...