News Portal

मोरङको रंगेलीमा समेत डेंगु राेगको उच्च जाेखिम

हिमाली संचार संवाददाता
५१३ पटक

रबिन्द्र बराल
जेठ ३०, मोरङ : रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको मुसहर बस्तिमा डेंगु राेगकाे संक्रमणकाेे सम्भावना देखिएकाे छ। रंगेली कानेपाेखरी सडक खन्डमा अन्तर्गतमा रहेको भानु बाेडिङ स्कुल नजिकै सडक निर्माणका क्रममा नाला निर्माण गरिएता पनि नालामा रहेको पानीको निकास नहुदा अहिले नालामा पानी जम्नुका साथै अत्यधिक फाेहर भएको हुनाले उक्त नालामा डेंगु संक्रमण हुन सक्ने देखिन्छ।

एक बर्ष अगाडि नाला निर्माण भएता पनि उक्त नालामा सल्याप नहुदा समेत फाेहर पानी भएकै कारण साे वस्तिमा मछर बडिमात्रामा देखिने स्थानीयहरु बताउँछन्। साे क्षेत्रमा अहिले ४० घर दलित बस्ति बस्दै अाईरहेका छन ।

बिगत एक महिना अगाडि देखि सुनसरीको धरानमा समेत डेंगुको संक्रमण देखा परेको छ । त्यसैगरी झापा र मोरङमा समेत पछिल्लो समयमा बढि मात्रामा देखा पर्न थालेकाे छ। नालमा जम्मा रहेको पानी नफ्याँक्दा रोग फैलँदै निम्त्याउने देखिएको छ ।
सुनसरीमा हालसम्म ५ सय ४८ जनामा डेंगुको संक्रमण देखा परेको छ।

स्थानीय देवमणि कटुवालका अनुसार रंगेली नगरपालिका भित्र सबै अधिकार प्राप्त भएता पनि ध्यानाकर्षण गर्नुपर्ने र फाेहर नालामा लामखुट्टेकाे लार्भा उत्पन्न हुने भएकोले नालामा रहेको फाेहर पानीकाे व्यवस्थापन चाडै गरिनुपर्ने र नगरपालिकाले अाफ्नाे कार्य क्षेत्र भरी डेंगु फैलन नदिन किटनाशक अाैषधी छर्नुपर्ने कुरामा जाेड दिएका छन ।

स्थानीय रजिया देवि ऋिषिदेवका अनुसार रातिकाे समयमा अत्यधिक गर्मि हुने गरेको र अधिकान्सकाे घरमा लामखुट्टेबाट बच्नका लगि झुल समेत नभएको हुनाले त्यतिकै सुत्नुपर्ने भएकोले लामखुट्टे ले बढि दुख दिने गरेको र अहिले माेरङमा समेत डेंगु राेगकाे महामारी अाएकाे हुनाले अाफु हरुलाई धेरै समस्य परेको बताईन ।

नगरपालिकाले यस तर्फ ध्यानदिनु अतिअाबश्यक रहेको छ। मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको छ । जस मध्ये मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखिएकाे छ। झापा, मोरङ र सुनसरी गरी जम्मा ५ सय ६० जनामा डेंगु देखा परेको छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...