News Portal

  • पाल्पाको बिषालुच्याउ प्रकरण : सहयोगको लागि ठकुरी सहयोग संजालद्वारा अपिल

    हिमाली संचार संवाददाता
    ५९६ पटक

    काठमाडौं, २९ जेठ : पाल्पाको नेष्टी गाउँपालिका वडा नम्बर ३ हालसम्म मोटरबाटो समेत नपुगेको सार्कीडाडामा गत शुक्रबार बिषालु जंगली च्याउ खादा १२ जना बिरामी भइ उपचारकै क्रममा दुई जनाको मृत्यु भएको र बाकीको उपचारको लागि आर्थिक अभाव भएकोले ठकुरी सहयोग संजाल प्रदेश ५ ले आर्थिक सहयोगको लागि अपिल गरेको छ। मंगलबार ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले एक बिज्ञप्ती जारी गर्दै सहयोगको आग्रह गरेका हुन् ।

    पाल्पाको नेष्टी गाउँपालिका वडा नम्बर ३ सार्कीडाडामा रहेको ठकुरी र मगरहरुको ११ घर मध्ये २ घर ठकुरी र २ घर मगर गरी ४ घरको परिबार रहेको प्रमुख शाहले बताए।

    गत शुक्रबार जंगली बिषालु च्याउ खादा ८ जना ठकुरी र ३ जना खाम्चा मगर गरी ११ जना गम्भीर बिमारी भए पश्चात् गाउलेको सहयोगमा बिरामीहरुलाई बोकी शनिबार सार्कीडाडाबाट हुसेकोटसम्मको डेढ घण्टाको पैदल यात्रा र हुसेकोटबाट डेढ घण्टा सवारी साधन मार्फत परासीको मध्यबिन्दु अस्पतालमा लगेको र अस्पतालले २६ गते भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरेको र उक्त अस्पतालमा उपचारको क्रममा आईतबार ४ वर्षका बिष्णु सिंह ठकुरी र ८ वार्षिया निर्मला सिंह ठकुरीको उपचारको क्रममा निधन भएको जानकारी ठकुरी सहयोग संजाल पाल्पाका अध्यक्ष हुम शाहिले जानकारी दिए।

    उपचारको क्रममा रहेकालाई आर्थिक अभाव भएको जानकारी आएपछी शाहले आर्थिक सहयोगको लागि सबै सामु अनुरोध गरेका छन् । आर्थिक सहयोगको लागि सम्पर्कको ठकुरी सहयोग संजालको केन्द्रिय कार्यलय तथा अध्यक्ष अजय मल्ल (+९७७९८५१०७९९८०) र प्रदेश नंम्बर ५ का प्रमुख संयोग जंग शाह (+९७७९८५११८८१०५) लाई सम्पर्क गरि सहयोग गर्न सकिने बताइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...