News Portal

पाल्पाको बिषालुच्याउ प्रकरण : सहयोगको लागि ठकुरी सहयोग संजालद्वारा अपिल

हिमाली संचार संवाददाता
६९६ पटक

काठमाडौं, २९ जेठ : पाल्पाको नेष्टी गाउँपालिका वडा नम्बर ३ हालसम्म मोटरबाटो समेत नपुगेको सार्कीडाडामा गत शुक्रबार बिषालु जंगली च्याउ खादा १२ जना बिरामी भइ उपचारकै क्रममा दुई जनाको मृत्यु भएको र बाकीको उपचारको लागि आर्थिक अभाव भएकोले ठकुरी सहयोग संजाल प्रदेश ५ ले आर्थिक सहयोगको लागि अपिल गरेको छ। मंगलबार ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले एक बिज्ञप्ती जारी गर्दै सहयोगको आग्रह गरेका हुन् ।

पाल्पाको नेष्टी गाउँपालिका वडा नम्बर ३ सार्कीडाडामा रहेको ठकुरी र मगरहरुको ११ घर मध्ये २ घर ठकुरी र २ घर मगर गरी ४ घरको परिबार रहेको प्रमुख शाहले बताए।

गत शुक्रबार जंगली बिषालु च्याउ खादा ८ जना ठकुरी र ३ जना खाम्चा मगर गरी ११ जना गम्भीर बिमारी भए पश्चात् गाउलेको सहयोगमा बिरामीहरुलाई बोकी शनिबार सार्कीडाडाबाट हुसेकोटसम्मको डेढ घण्टाको पैदल यात्रा र हुसेकोटबाट डेढ घण्टा सवारी साधन मार्फत परासीको मध्यबिन्दु अस्पतालमा लगेको र अस्पतालले २६ गते भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरेको र उक्त अस्पतालमा उपचारको क्रममा आईतबार ४ वर्षका बिष्णु सिंह ठकुरी र ८ वार्षिया निर्मला सिंह ठकुरीको उपचारको क्रममा निधन भएको जानकारी ठकुरी सहयोग संजाल पाल्पाका अध्यक्ष हुम शाहिले जानकारी दिए।

उपचारको क्रममा रहेकालाई आर्थिक अभाव भएको जानकारी आएपछी शाहले आर्थिक सहयोगको लागि सबै सामु अनुरोध गरेका छन् । आर्थिक सहयोगको लागि सम्पर्कको ठकुरी सहयोग संजालको केन्द्रिय कार्यलय तथा अध्यक्ष अजय मल्ल (+९७७९८५१०७९९८०) र प्रदेश नंम्बर ५ का प्रमुख संयोग जंग शाह (+९७७९८५११८८१०५) लाई सम्पर्क गरि सहयोग गर्न सकिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...