News Portal

चौरजहारीले लियो आगामी नीति कार्यक्रमका बिषयमा सल्लाह सुझाव

हिमाली संचार संवाददाता
४६१ पटक

ज्ञानु गौतम/रुकुम : आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट, निति तथा कार्यक्रमका बिषयमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर स्थित राजनितिक दल, संघसंस्था एवं अन्य सरोकारवालासँग छलफल गरेको छ।

चौरजहारी नगरपालिकाको सभा हलमा आज भएको बजेट निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई समेटेर निति तथा कार्यक्रम ल्याउन सरोकारवालाले सुझाव दिएका छन् । आत्मनिर्भर, एकता र समृद्ध नगरपालिका निर्माण गर्ने नारालाई सार्थक बनाउन आगामी बजेटमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिइएका छन।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर के.सीले नगरपालिकालाई समृद्ध बनाउन कृषि, शिक्षा एवं स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता राख्न सुझाव दिनुभयो ।

सरोकारवालाका सुझावलाई निति तथा कार्यक्रम एवं बजेटमा समेट्ने नगरप्रमुख बिशाल शर्माले प्रतिबद्धता जनाउनुभयो। नगरप्रमुख शर्माले भन्नुभयो “नगरपालिकालाई समृद्ध गराउन कार्यक्रम ल्याइने छ। नगरलाई समृद्ध बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरेको छु ।”

यस अघि नगरपालिकाले १४ वटै वडामा योजना तर्जुमा र आगामी बजेट सम्बन्धी सरोकारावालासँग छलफल गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...