News Portal

खोला दोहनमा केही समुहले आफुलाई लगाएको आरोप मात्र हो : नगरप्रमुख राई

हिमाली संचार संवाददाता
३६९ पटक

पथरी, २६ जेठ : लेटाङ्ग नगरपालिकाका प्रमुख शंकर राईले खोला दोहनका विषयमा मिडियाले अनावश्यक भ्रम फैलने गरी आफ्नाविरुद्ध समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

लेटाङ्ग नगरपालिकामा आइतवार पत्रकार सम्मेलन गरेर मेयर राईले खोला दोहनका विषयमा केही समुह र अनलाइनहरु हात धोएर लागेको आरोप लगाएका हुन । उनको भनाइ थियो,विकाश निर्माणका काम गरेको कसैले देख्दैन खोला दोहन को आरोप पनि म माथी नै लगाइयो।

खोलाको ठेक्का लेटाङ्ग नगरपालिकाले आफु खुसी खोला लगाउन नपाउने उनले बताए । यसको लागि वन कार्यालयदेखी केन्द्रसम्मको सहमतिमा कति खन्ने भन्ने आधारसहित स्थानिय चिसाङ्ग खोलावाट खोला जन्य सामाग्री निकालिएको उनको दावी गरे । केही स्थानीय व्यक्तिको उक्सावटमा प्रदेशसभा सदस्य पनि आफु विरुद्ध लागेको प्रति दुःखी भएको उनको भनाइ थियो ।

स्थानीय चिसाङ्ग खोलाबाट खोला जन्य सामाग्री निकाल्दा अनाधिकृत रुपमा धेरै खोला जन्य सामाग्री निकालिएको प्रति प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे पनि रुष्ट वनेका थिए । त्यसतर्फ इकित गर्दै राईले खोला दोहनको कार्यमा नगरपालिका दोषी नभएको स्पष्ट पारेका हुन् ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...