News Portal

खोला दोहनमा केही समुहले आफुलाई लगाएको आरोप मात्र हो : नगरप्रमुख राई

हिमाली संचार संवाददाता
३३१ पटक

पथरी, २६ जेठ : लेटाङ्ग नगरपालिकाका प्रमुख शंकर राईले खोला दोहनका विषयमा मिडियाले अनावश्यक भ्रम फैलने गरी आफ्नाविरुद्ध समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

लेटाङ्ग नगरपालिकामा आइतवार पत्रकार सम्मेलन गरेर मेयर राईले खोला दोहनका विषयमा केही समुह र अनलाइनहरु हात धोएर लागेको आरोप लगाएका हुन । उनको भनाइ थियो,विकाश निर्माणका काम गरेको कसैले देख्दैन खोला दोहन को आरोप पनि म माथी नै लगाइयो।

खोलाको ठेक्का लेटाङ्ग नगरपालिकाले आफु खुसी खोला लगाउन नपाउने उनले बताए । यसको लागि वन कार्यालयदेखी केन्द्रसम्मको सहमतिमा कति खन्ने भन्ने आधारसहित स्थानिय चिसाङ्ग खोलावाट खोला जन्य सामाग्री निकालिएको उनको दावी गरे । केही स्थानीय व्यक्तिको उक्सावटमा प्रदेशसभा सदस्य पनि आफु विरुद्ध लागेको प्रति दुःखी भएको उनको भनाइ थियो ।

स्थानीय चिसाङ्ग खोलाबाट खोला जन्य सामाग्री निकाल्दा अनाधिकृत रुपमा धेरै खोला जन्य सामाग्री निकालिएको प्रति प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे पनि रुष्ट वनेका थिए । त्यसतर्फ इकित गर्दै राईले खोला दोहनको कार्यमा नगरपालिका दोषी नभएको स्पष्ट पारेका हुन् ।

प्रतिकृया दिनुहोस्

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...