News Portal

नवजात शिशुलाई बेवारिसे फालेर बेपत्ता भएकी माया पक्राउ

हिमाली संचार संवाददाता
५३३ पटक

मोरङ, २५ जेठ : मोरङको उर्लाबारी नगरपालिका – ६ को मावा खोला किनारस्थित काँसघारीमा नवजात शिशु फाल्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रवार पक्राउ गरेको छ ।

गत चैत २५ गते भेटिएको शिशुलाई उर्लाबारी प्रहरीले तत्काल उद्धार गरी स्थानीय गोदावरी हस्पिटलमा प्रारम्भिक उपचारपछि नोबेल अस्पताल विराटनगर लगिएपनि उपचारकै क्रममा मृत्यु भएको थियो ।

सोही शिशुलाई बेवारिसे अवस्थामा फालेर बेपत्ता भएकी शिशुकी आमा इलाम माङसेबुङ गाउँपालिका –६, स्थायी घर भई उर्लाबारीमा डेरा गरी बस्दै आएकी ३० वर्षिया माया राईलाई पक्राउ गरेको हो । राई शिशुको नोबेल अस्पतालमा उपचारका क्रममा आफै उपस्थित भएको र चैत २८ गते बिहान उपचारको क्रममा मृत्यु भएपछि अस्पताल परिसरबाटै फरार भएकी थिईन् ।

गत बैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम मुद्धा दर्ता भई जिल्ला अदालत मोरङबाट शिशुलाई बेवारिशे अवस्थामा छाड्ने राईलाई पक्राउ गर्न अनुमति दिएपछि शुक्रबार दिउँसो प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उर्लाबारी नगरपालिका –५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।

राईले २०७५ असारमा काठमाण्डौमा भेट भएका एक ब्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र सो विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...